प्रदेश

सबै अदालत आज बन्द



काठमाडौं, ६ चैत ।  सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको  निधनप्रति समवेदना व्यक्त गर्दैे शोकमा बिहीबार सर्वोच्च अदालत तथा मातहतका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनपछि  सर्वोच्च अदालतको पूर्ण बैठकले श्रेष्ठको शोकमा बिहीबार सम्पूर्ण अदालत तथा न्यायाधिकरण बन्द गर्ने निर्णय गरेको हो ।

        श्रेष्ठ  २०४८ साल भदौ २४ गते प्रधानन्यायाधीश भएका थिए । श्रेष्ठ उमेरहदका कारण २०५४ चैत २९ गते सेवानिवृत्त भएका थिए । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जारी गरेको प्रेस विज्ञप्तिमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको निधनले न्याय र कानूनका क्षेत्रमा अपूरणीय क्षति भएको र मुलुकले देवानी कानूनका क्षेत्रका विशेष दख्खल राख्ने एक निर्भीक र मृदुभाषी व्यक्तित्व गुमाएको उल्लेख छ ।

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६