अर्थ-वाणिज्य

कोरोना प्रकोपः आजदेखि बाणगंगामा हाट बजार नलाग्ने



कपिलवस्तु ६ चैत्र । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नगर भित्रका सबै हाट बजार नलगाउने निर्णय गरेको छ । विहिवार सुचना जारी गर्दै कोभिड १९ः अर्थात् कोरोनाले विश्वब्यापी रुपमा महामारीको रुप लिइरहेको सन्दर्भमा राष्ट्रिय समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले नगर भित्र संचालन हुने सबै हाट बजार बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

        वुधवार  बसेको  दैवि प्रकोप तथा विपद् व्यवस्थापन समितिको वैठकमा हाट बजार बन्द गर्ने निर्णय  भएको थिएन ।  मात्र वुधवार साँझ  गृह मन्त्रालयले एसइई स्थगन देखि बिभिन्न निर्णय गरेसंगै बाणगंगा नगरले पनि चैत्र ७ गते बाट हाट बजार बन्द गर्ने निर्णय गरेको नगर प्रमुख मंगल प्रसाद थारुद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

‘चिनको बुहान शहरबाट सुरु भई विश्वका १ सय ६५ देशहरुमा कोरोना भाइरस फैलिई मानव स्वास्थ्यमा ठूलो भयावहको स्थिती देखिएको छ । हाम्रो देश भित्रको कुनै पनि स्थानहरु उक्त भाइरसबाट प्रभावित व्यक्तिहरुको संख्या बढी नभएपनि जुनसुकै दिनहरुमा यसको भयावह स्थिती नहोला भन्न सकिने छैन । बढ्दै गैरहेको महामारीबाट जोगिन र जोगाउन सबै नगरबासीको दायित्व हुन आउँछ । यस्तो समयमा मानवीय क्षति हुन नदिनका लागि नगरभित्र २५ जना व्यक्तिहरुको जमघट सभा, समारोह नगर्न, संस्थाहरुको साधारणसभा बैठक, बार्षिक कार्यक्रम, नगरमा सञ्चालन हुने हाट बजार लगायत सबै कार्यहरु नगर्न भनिएको छ ।   दैनिक साथै उपभोग्य बस्तुहरुको कृत्रिम अभाव सिर्जना हुन नदिन र अत्यावश्यक काम बाहेक घरबाट निस्कने कार्यलाई कम गर्न सुचना जारी गर्ने निर्णय भएकाले सोही अनुसार सम्पूर्ण उद्योगी व्यवासायी, कृषक, संघ संस्था सञ्चालक, शिक्षक, कर्मचारी लगायत सबै नगरबासी आमाबुवा, दाजुभाई दिदी बहिनीमा अनुरोध छ ।’  विज्ञप्तीमा  भनिएको छ ।  यस अघि शिवराज  नगरपालिकाले हाट बजार बन्द गर्ने निर्णय गरि सकेको छ ।

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६