प्रदेश

हिसानले ५ हजारलाई राख्न मिल्ने क्वारेन्टाइन बनाउने



काठमाडौँ, ७ चैत । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ ।

        हिसानको बिहीबारको आकस्मिक बैठकले कोरोना भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा उपयुक्त भैतिक पूर्वाधार भएका हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल त्यस्तो व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरी सिलवालले जानकारी दिनुभयो । उहाँले ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने बताउनुभयो ।

हिसानले सङ्क्रमणबाट बच्ने उपायको सचेतना तथा अन्य आवश्यक कार्यका लागि सरकारी निकाय र अन्य संस्थासँग समन्वयका लागि आफ्ना जिल्ला कार्यसमितिलाई पनि आग्रह गरेको छ । सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ । सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम बन्द भएका छन् । (रासस) 

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६