प्रदेश

आजदेखि भारत र चीन नाकामा यात्रु आवागमन रोक सामान आयात निर्यात नरोकिने, लामो दुरीका यात्रुवाहक सवारीमा पनि रोक



काठमाडौं, १० चैत । नेपाल सरकारले भारत र चीनतका सबै सीमा नाकामा यात्रु आवागमन कम्तीमा एक सातासम्म रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १० गते विहान १० बजेबाट एक साता अर्थात १६ गतेसम्म सबै नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । तर सामान आयात निर्यात भने रोकिने छैन । यसअघि भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । 

        नेपालमा पनि कोरोनाको संक्रमण फैलिने जोखिम बढेपछि शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा मन्त्रीहरुले नै भारत सहमत नभए एकतर्फी रुपमै भए पनि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । यसैबीच भारतले पनि आइतबार मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल सेवा बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भन्नुभयो  ‘अहिले हामीले सीमालाई स्थायी रुपमा बन्द गरेका होइनौं । यात्रुहरुको अवागमन मात्र रोकेका हौं ।’ लामो समयसम्म रोक्नुपर्ने अवस्था आएमा द्वीपक्षीय वार्ताबाट निर्णय लिइने उहाँले बताउनुभयो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान रोक्ने घोषणा गर्नुभएको थियो ।  देशभित्र लामो दुरीमा यात्रुवाहक सवारी सञ्चालन पनि आजैबाट रोकिने छन् । 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६