प्रदेश

कोरोनाको छुट्टी, पिकनिकमा रमाईलो गर्दै जुम्ली वालवालिका ,पहिलो पटक पिकनिका मज्जा लिए



जुम्ला १२ चैत । अन्यत्र झै जुम्ला जिल्ला भित्र संचालित सबै शैक्षिक संस्थाहरु बन्द छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस् संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशभरका शैक्षिक संस्थाहरु २०७६ चैत्र मसान्त सम्मका लागि बन्द गर्ने सूचना जारी गरे सँगै यहाँका विद्यालयहरु बन्द भएका हुन् । 

    शैक्षिक संस्थाहरु बन्द भए पछि अध्ययनरत लाखौँ विद्यार्थीहरु फूर्सदिला बनेका छन् । यो फुर्सदको समय कटाउने शैली विद्यार्थी पिच्छे फरक फरक छ । कोही तीन चार जनाको समूह बनाएर थरिथरिका खेलहरु खेलिरहेका देखिन्छन भने कोही अभिभावकहरुको गफ सुन्दै आफ्नै धूनमा यताउता गरिहेका छन् । अभिभावकहरु सँगै खेतबारीमा काम गरिरहेको बालबालिका पनि देखिन्छ । तर चन्दननाथ नगरपालिका वडा नंं ४ भारतीवडाका बालबालिकाको समय कटाउने एकदिने शैली बेग्लै थियो । उनीहरुको त्यो शैली थियो बनभोज कार्यक्रम ।

    कक्षा४ मा अध्ययनरत बालबालिकाले वनभोज कार्यक्रम गरेर रमाइलो गरे । धेरै भीडभाडमा जान नहुने भन्दै चार जनाको समूह बनाए र वनभोजको योजना बनाए । वनभोज कार्यक्रमका लागि उनीहरुले ५०÷५० रुपियाँ उठाएका थिए । आवश्यक चामल, साग, नून तेल घरैबाट जुटाए । जम्मा गरेको पैसाले अण्डा, जुस् आदि किने । अनि तयार भयो प«mाइ राइस्, सागको तरकारी र जुस् । उमेरले उनीहरु नौ÷दशवर्षमा टेक्दैछन् । तथा पि आफै सामग्रीहरु जुटाए, उनीहरुको रुचिअनुसार खानाका परिकारहरु बनाए र रमाइलो गर्दै स्वाद मान्दै खाए । वनभोजका प्रस्तापक कोशिश कार्कीलाई घरको खानाभन्दा स्वादिलो लाग्यो । तर अर्की सहभागी क्रिष्टिनालाई भने आमाको हातबाट बनेको खाना जत्तिको मिठो लागेन रे । 

    एउटै उमेर समूह का यी बालबालिकाले यस अघि यसरी आफै पकाएर रमाइलो गर्दै खाएको अनुभव थिएन । पहिलो पटकको यो वनभोज उनीहरु आफै योजना बनाए, सामग्री जुटाए, मिलीजुली पकाए र खाए । कोरोना भाइरसको बारेमा पनि उनीहरुले राम्रो जानकारी भएको पाइयो । वनभोज कार्यक्रमका सहभागी रबिना बोहोराका अनुसार कोरोना भाइरसको संक्रमणबाट जोखिन बेलाबेलामा साबुनपानीले मिचीमिची हात धुनुपर्छ अनि मास्क लगाउनु पर्छ । “भीडभाड भएको स्थानमा नजाने” कक्षा४ मा अध्ययरत विद्यार्थी कोशिस कार्कीले भने । “माछा, मासु, अण्डा राम्रोसँग पकाएर खाने अनि फलफूल, साग सब्जी राम्रोसँग धोएर खाने अनि पकाउने”, किष्टिना कार्कीले थपिन् । 

    कोरोना भाइरस संक्रमणको यो बिगबिगीमा उनीहरुको वनभोजलाई धेरैले धेरै एङ्गलबाट विश्लेषण गरे । कसैले भने यो के को चटकहोला । कसैले भने काम नपाकाहरु । तर उनीहरुले यो वनभोज कार्यक्रमबाट सिक्नै पर्ने धेरै सीप र ज्ञान सिकेका छन् । समूहमा काम गर्ने सीप, नेतुत्वकला, व्यवस्थापन सीप, खाना पकाउने र भाडा माझ्ने जस्ता अनगिन्ती जिवनउपयोगी सीपहरु सिक्ने मौका यो वनभोज कार्यक्रमले उनीहरुलाई दिएको छ। 

सिङ्गो घरपरिवारका सदस्यहरु कोरोना भाइरसको संक्रमणको त्रासमा रहेको बेला बालबालिका पनि यो त्रासबाट अछुतो छैनन् । यसको प्रभाव बालबालिकालाई अझ बढी हुने नै भयो । तसर्थ यस्ता डर, त्रास र तनावबाट मुक्त गर्न यस्ता खाले क्रियाकलापले सघाउने गर्दछ  । 

    कहवात नै छ “खाली दिमाग सैतानको घर” । हाम्रो बाबुनानीको दिमागमा सैतानले घर नबनोस् भन्नका लागि केही न केही क्रियाकलापहरु जस्तै चित्रकला, खेलकूद, छलफल आदिमा किृयाशिल बनाई राख्नु जरुरी छ । त्यसैले जोखिमबाट सुरक्षित हुने गरी यस्तै सृजनात्मक क्रियाकलापमा सरिक हुनका लागि अभिभावकहरुले वातावरणबनाइदिनु पर्छ । कोरोना भाइरसको संक्रमणबाटटाढा रहनकालागिनियमित सरसफाइकाअभ्यासतथा परामर्श त छुटाउनै भएन ।  

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६