अर्थ-वाणिज्य

लकडाउनमा आपतकालीन बित्तिय सेवा, कुन कुन बैकको शाखा सूचारु ?



रुपन्देही  १४ चैत । एनआइसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै आपतकालीन सेवा दिने भएका छन् । एनआईसी एशियाले ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याएको छ भने शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले बैंकका ५ वटा शाखा खुला राखेको छ । एनआइसी एशियाले टेलिफोनबाटै ग्राहकको गुनासो सुन्ने र संबोधन गर्ने गरी ग्राहक सहायता केन्द्र सञ्चालनमा ल्याइएको बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्द कार्कीले बताउनु भयो ।

    कोरोना भाइरसको जोखिमका कारण सरकारले मुलुकभरी नै लकडाउन घरेपछि ग्राहकले घरभित्रैबाट आफ्ना गुनासो राख्न सकुन् भनेर ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । बैंकले प्रदेश कार्यालयका साथै प्रदेश ५ का ६ स्थानमा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । ग्राहक सेवा केन्द्र अन्तर्गत प्रदेश कार्यालयमा बैंकका प्रदेश प्रमुख तिलकसुन्दर कार्कीका साथै महेश घिमिरे र प्रकाश पन्थीलाई सम्पर्क व्यक्ति तोकिएको छ । त्यस्तै भैरहवा एसपिओ कार्यालयका लागि राजनप्रसाद पोखरेल, सुरज पौडेल र वसन्त भण्डारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने बुटवल एसपिओका लागि दिपक आचार्य, सञ्जीव खड्का र तिलक खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।

        ग्राहक सहायता केन्द्र अन्तर्गत नेपालगन्ज एसपिओ कार्यालयका लागि माधव बेलबासे, अशोक तिमिल्सेना र राकेश केसीलाई जिम्मेवारी दिइएको छ भने बुटवल देवीनगर एसपिओका लागि रामकृष्ण काफ्ले, विनोद पोखरेल र अर्जुन तिमिल्सेनालाई जिम्मेवारी दिइएको छ । त्यस्तै घोराही दाङ एसपिओका लागि दिपक अर्याल, विजय रक्साली, राजेन्द्र सिंह र सुरज श्रेष्ठलाई सम्पर्क व्यक्ति तोकिएको बैंकका प्रदेश कार्यालय प्रमुख कार्कीले बताए ।लकडाउनको समयमा ग्राहकलाई पैसाको आवश्यक परेमा प्रदेश ५ अन्तर्गत खुला रहेका ६७ वटा एटीएमबाट सेवा लिनसक्ने गरी खुला गरिएको उनले जानकारी दिए । एनआईशी एशियाका बुटवलमा १४, भैरहवामा ५ र तिलोत्तमामा ८ वटा एटीएम रहेका छन् ।

        लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल, तुलसीपुर, नेपालगन्ज, लिवाङ र रुकुमकोट शाखा खुला गरिएको बैंकका प्रदेश प्रमुख कार्कीले बताउनु भयो ।  कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गरी सबै शाखाहरु सञ्चालनमा नल्याएको बैंकले जनाएको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीको सीमा बढाउनुका साथै परिपत्र मार्फत मोबाइल वालेटको माध्यमबाट गरिने बैंकिङ कारोबारको सीमा बढाएकाले ग्राहकहरुले डिजिटल बैंकिङबाट कारोबार गर्न सक्ने पनि कार्कीले जानकारी दिनुभयो । 

        मोवाइल बैंकिङबाट दैनिक १ लाख र प्रतिमहिना १० लाख रुपैयाँ कारोबार गर्न मिल्ने बनाइएकाले ग्राहकले यसको उपयोग गर्न सक्ने पनि उनले उल्लेख गर्नुभयो । त्यस्तै शाईनरेसुङ्गा डेभलपमेन्ट लकडाउनका अवधिमा पनि ग्राहकहरु बैंकिङ सेवाबाट बञ्चित हुन नपरोस् भनेर बुटवल ट्राफिकचोक,बुटवलको योगीकुटी, भैरहवा, प्युठानको बिजुवार र दाङको घोराही शाखा दिउसो १ बजेसम्मका लागि खुला गरिएको बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ग्राहकको आवश्यकता अनुसार सम्बन्धित जिल्लामा रहेका शाखाहरु खोलिएको पन्थीको भनाई छ ।

प्रकाशित : १३ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६