ब्रेकिंग न्युज

कोरोना भाईरसलाई कसरी मार्ने ?



कोरोना भाईरस COVID-19  केवल केहि महिना देखि देखापरेको भाईरस  हो ।  त्यसैले वैज्ञानिकहरु यस्को
अनुसन्धानमा लागी रहेका छन । त्यसैले अनुसन्धान
वाट  दिनदिनै नया कुरा पत्ता लागेको छ।  अनुसन्धानबाट खुलेको कुरा हामीले जान्नु पर्ने हुन्छ ।  यो भाईरस  सतहहरूमा नौ दिनसम्म बाँच्न
सक्छ र हावामा केही घण्टा
सम्म जीवित रहन्छ । हामीलाई यो पनि थाहा पाउनु पर्छ की छ कि भाइरसको
कणहरू
saliva मा रहने गर्दछन   खोक्दा वाहिरीने गर्दछ । यो भाइरस हाम्रो फेसमा समेत बस्न सक्छ

सक्रमित व्यक्तिलभाइरसको कणहरू खोकीबाट फैलाउन,  अन्य व्यक्तिलाई छोएर वा भाइरसहरूलाई सतहमा छोड्नु
सजिलो छ
। निस्सन्देह यसको प्रसार लाई कम गर्न सार्वजनिक ठाउँमा भइसके पछि हात धुनु
महत्वपूर्ण छ
। यसलाई हटाउन हामीले हाम्रो
घरमा के
गर्न सकिन्छ भनेर यहा हरुलाई जानकारी गराउदछौ ।  

हालसालैका गरियका दुई अध्ययनहरूले अन्वेषण गरेका
छन कि को
रोना भाईरस विभिन्न सतहहरूमा कति लामो समयसम्म बाँच्दछन् । अनुसन्धान कोरोना भाईरस र अरु भाईरस विच गरीएको थियो । उनीहरुले यो पनी पत्ता लगाए कि यसको अस्तित्वको समय सतहको
प्रकार अनुसार फरक थियो

अनुसन्धानको रिपोर्ट तल प्रस्तुत गरीएको छ ।


 भाइरस स्टेनलेस स्टील र प्लास्टिकमा सबैभन्दा लामो समयसम्म जीवित रह्यो – नौ
दिन सम्म
। कागज र कार्डबोर्डमा  भाइरस एक दिन मात्र बाच्न सफल भयो ।

यस समयमा भाइरस कणहरूको मात्रा घटाउँदछ , तर यो चिन्ताको विषय
हो कि कणहरू सतहमा घण्टा वा मिनेट भन्दा दिनको लागि रहन सक्छ। त्यसो भए
,
SARS-CoV-2 ( कोरोना भाईरस ) मार्दा तपाईंको घरमा
भएका सफा गर्ने साधन कतीको प्रभाव कारी छन
? तलको सूचिमा त्यहाँ केही राम्रो समाचार छ

साबुन र पानी :

साबुन र पानी सतहबाट भाइरस हटाउनको लागि तपाइँको रक्षाको पहिलो रेखा हो । साबुनले भाइरसको खोलमा भएका फ्याटहरूमा हस्तक्षेप गर्दछ र
भाइरसलाई सतहबाट उचाल्छ र यसलाई पानीले धुन्छ।
  तपाईले आफ्ना हातहरू पसलबाट आउदा
र  जे खादा पनी धुनु पर्छ ।


ब्लीच :

ब्लीचमा  सोडियम
हाइपोक्लोराइट हुने हुदा
  यो भाइरसलाई मार्न धेरै प्रभावकारी छ । निश्चित गर्नुहोस्
कि तपाईंले ब्लीचलाई १० देखी १५ मिनेटका सतह
  मा छोड्नु होस अनी सफा कपडाले पुछनु होस । ब्लीचले प्रोटीनलाई नष्ट  गरेर मार्छ  (जुन भाइरसको राइबोन्यूक्लिक एसिड (आरएनए) भनेर चिनिन्छ) यो यस्तो पदार्थ हो जुन तपाईं स्क्रमित हुँदा अरू भाइरस कणहरू बनाउन  ठुलो भुमीका खेल्छ । ब्लीच
प्रयोग गर्दा बोतलमा निर्देशन अनुसार प्रयोग
 गर्नुहोस्।


सर्जीकल स्प्रिट :

सर्जीकल स्प्रिट मदिरा इथेनोलबाट बनेको हुन्छ। सर्जीकल स्प्रिटले ३० सेकेन्ड
भन्दा कम समयमा कोरोना
भाइरस मार्न सकेको पाईएको छ ।
ब्लीच
ले जस्तो,  सर्जीकल स्प्रिटले भाइरसको प्रोटीन र आरएनए नष्ट गर्दछ।
केहि ओसिलो कपडामा सर्जीकल स्प्रिट राख्नु होस अनी
हातले रगडी सतहलाई सफा गर्नु होस । यो आफै वाफ वनी उडछ  
र यसलाई फेरी सफा गर्नु आवश्यक पर्दैन।

वाइप :

बेन्जालकोनिम क्लोराइड  मिसिएको कारण सर्फेस वाईपस एक एन्टीसेप्टीप हो ।  वाइपहरूले कीटाणुहरू हटाउने काम गर्दछ ।  जब तपाईं तिनीहरूलाई प्रयोग
गर्नु
हुँदा कीटाणुहरू टासीएर टासीएर आउने गर्दछन  

वाइपले सतहमा एन्टिसेप्टिकको एक तह छोड्दछन् जसले कीटाणुहरूलाई मार्ने  कार्य गर्दछ। न्टिसेप्टिकले
ब्याक्टेरिया र मुसा
 र कुकुरहरूमा स्क्रमित कोरोनाभाइरसमा
राम्रोसँग काम गर्दछ – तर यसले मानव कोरोनाभाइरसको प्रसारमा कुनै फरक पार्दैन
जस्तो देखिन्छ
। एन्टिसेप्टिक्सले मानव
कोरोनाभाइरस मार्ने
हालसम्म कुनै प्रमाण फेला
परेको छैन ।


सेनिटाइटरहरू :

सेनिटाइटरहरूमा कोरोना भाईरस लाई मार्न सक्ने मुख्य
घटक ईथेनोल
 सर्जीकल स्प्रिट  हो

सेनिटाइसरमा सर्जीकल स्प्रिट को भाग 70०% भन्दा बढी हुनुपर्दछ । त्यो भन्दा कम भए भाइरसलाई प्रभावकारी रूपमा मार्दैन।


तपाईले गर्न सक्ने एउटा कुरा तपाईले नियमित रुपमा  एकै स्थानमा समय बिताउनु हो । संक्रमित व्यक्तिले हजारौं साना बुँदाहरू  भाईरस उत्पादन गर्छन । खोकीको माध्यमवाट उनीहरुले भाईरस सार्दछन । भाईरस तीन घण्टा सम्म हावामा बाँच्न सक्छ। त्यसैले झ्याल खोल्दा हावाको माध्यमवाट ति
कणहरुलाई हटाउन सकिन्छ । कणकम भएपछी भाईरस को संक्रमण हुने संभावना कम हुन्छ । जसले
अरूहरूको लागि संक्रमणको जोखिम कम गर्दछ।

  Shobana Dissanayeke , Senior Lecturer, Biological Sciences, Royal Holloway

TheConservation.com बाट उल्था गरीएको यो लेखको सक्कल संस्करणको लिंक यहा प्रस्तुत गरीएको छ ।


https://theconversation.com/coronavirus-household-cleaning-products-can-kill-the-virus-an-expert-on-which-ones-to-use-134301

प्रकाशित : १६ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६