स्वास्थ्य

चन्दा उठाएर क्वारेन्टाइन निर्माण



मेलम्ची, १७ चैत रासस ।  त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको छ । चालीस जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली र सौर्यबत्ती, खानेपानी, पङ्खा, महिला र पुरुषका लागि छुट्टै स्नानगृह र शौचालयको व्यवस्था गरिएको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो । अहिले भने १५ जना क्षमताको तयारी भएको छ । इच्छा हुने एक व्यक्ति बराबर रु एक हजार  संकलन गरेर क्वारेन्टाइन बनाइएको हो ।क्वारेन्टानमा धुस्कुन स्वास्थ्यचौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन बनाउन नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी र  स्थानीय समाजसेवीको सहयोग रहेको रिसाल बताउनुहुन्छ । अस्थायी क्वारेन्टाइन सञ्चालनका लागि युवा व्यवसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि पाँच थान गाउन र  ५०० थान मास्क निःशुल्क उपलब्ध गराउनुभएको थियो । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले पाँच सय थान मास्क प्रदान गरेकाृ छ ।

चार जना आइसोलेशनमा

विदेशबाट फर्किएका चार जनालाई कोरोना भाइरसको आशंकामा आइसोलेशन वार्डमा राखिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ पीपलडाँडाका भोजबहादुर रिजाललाई आइसोलेशनमा राखिएसँगै सिन्धुपाल्चोकमा आइसोलेशनमा रहने चार जना पुगेको हो । रिजाललाई चौतारा अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ ।यसअघि इराकबाट फर्केका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसेमा राखिएको थियो । उनीहरु अझै आइसोलेशनमै छन् । उनीहरुको स्वास्थ्य परीक्षण भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा उपचाररत उनीहरुको शनिबार स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको छ ।


प्रकाशित : १७ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६