स्वास्थ्य

स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य मन्त्री बोले ,आफूलाई बदनाम गर्ने तत्वसंग जुनसुकै ठाउमा भिड्न तयार



काठमाडौं, १७ चैत कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर  फाष्टट्रयाकवाट ल्याइएकोमा आफ्नो स्वार्थ सिद्ध गर्न नसकेका तत्वले निराधार आरोप लगाएर आफूलाई बद्नाम गराउ खोजेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले  वताउनु भएको छ । सरकारले  चीनबाट ल्याएका सामाग्री प्रतिस्पर्धात्मक टेण्डरकै आधारमा खरिद गरिएको हो । यसका प्रमाण र विवरण आज र भोलि जुनसुकै ठाउमा उभिएर पेश गर्दापनि बैध ठहर्नेगरी काम भएकाले आफूलाई बदनाम गर्न खोज्ने तत्वलाई चुनौती दिनु भएको छ ।

         मन्त्रालयमा पत्रकारसंग अन्तरकृया गर्दै उहाले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको बताउनु भयो । हिजो र आजको दर देखाएर अनियमिता गर्‍यो भन्ने कुरा जायज नभएको उहाको भनाइ थियो । उहाले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गर्नु भयो  । ‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’, उहाले भने, ‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ । त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्नेछु ।’उहाले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताउनु भयो । ‘औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’, उहाले भन्नु भयो  ‘यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु ।

        यसको पनि सामना गर्न तयार छु ।’उहाले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशनअनुसार नै औषधि ल्याइएको स्पष्ट गर्नु भयो । ‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशनअनुसार बोलपत्र आह्वान गरिएको थियो । त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’, उहाले भन्नु भयो  ‘तर छलफलका क्रममा दुई वटामध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषषि ल्याउन सक्दिन भन्यो ।

    बाँकी वैधानिक रुपमा आएको एक वटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो ।’मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताए ।

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६