ब्रेकिंग न्युज

१० रुपैया लिएर सिटामोल किन्न हिडेका नकला थारुको २४ घण्टे कोरोना कहर : भोको पेटमा ४० किमीको पैदल यात्रा, प्रतिक्षालयको वास



 कपिलवस्तु १७ चैत्र  । क्वारेण्टाइन भन्दा वित्तिकै कोरोनाको संभावित संक्रमण भएको विरामीवाट अरुमा नफैलिओस भनेर सुरक्षित राख्न अपनाइएको एक गुप्तवास विधी हो । तर नकला थारुकालागि भने क्वारेण्टाइनमा श्रीमान श्रीमतिको वास आफ्नै घरमा पुगेर गासको अवस्था आएको छ। त्यो अवस्था अन्यन्त्र नभई बाणगंगाको वडा नं ३ मा देखिएको हो  । वडाध्यक्ष सन्तराम रौतारले  भन्नु भयो नजिकमा होटलहरु छैनन्  अरु नातेदारले खाना पुराइदिने अवस्था पनि छैन । त्यसैले खाना पकाउन नकलाकी श्रीमति घरमा आउछिन खाना घरमै खान्छन् वसोवास  क्वारेण्टाइनमा गर्छन उहाले भन्नु भयो ।

    क्वारेण्टाइनमा बसेकाले घरमै गएर पकाएर खाने स्थिती कपिलवस्तुकालागि नयाँ उदाहरण नै मान्नु पर्ला । यसले ल्याउने परिणामा के हुन्छ भविश्यकले नै देखाउला ।घटना विवरण अनुसार कपिलवस्तुको वाणगंगा ३ राजापानी नजिकका  नकला  थारुलाई मुम्वईवाट फर्किएको केहिदिन पछि रुघा लाग्छ । हल्का ज्वरो आउछ । उनी सिटामोल किन्न १० रुपैया लिएर एक स्थानीय मेडिकल जान्छन् । मेडिकलवालाले ज्वरो आएको सुन्नासाथ भन्छन् यहा हुदैन पिपरा जानुस । नजिकमा रहेका अरुलाई समेत ज्वरो आएको छ  भनेर सुनाउछन् ।

        मेडिकल वालाको यहि भनाईवाट शुरु हुन्छ  बाणगंगामा कोरोनाको सन्सनीपूर्ण त्रास । उनलाई स्थानीयले जसरी पनि पिपरा अस्पत्ताल जान अन्यथा पुलिस बोलाएर पठाउन तयार हुन्छन् । उनले घरमा  रहेकी श्रमतिलाई समेत भन्न पाउदैनन् उनी कहा जादैछन् । उनी पिपरा नपुग्दै अस्पत्ताललाई खवर हुन्छ कोरोनाका विरामी आएका छन् भन्ने । अस्पत्तालकी डा. रंजिता कुमारी गुप्ता कोरानाका विरामी आउदै छन् भन्ने सुन्नासाथ अत्तालिन्छन् र तत्काल रिफर पत्र रेडि गर्न भन्छिन् । उनको नाम ठेगाना उनी नआउदै फोनवाटै बुझिन्छ र रिफर पत्र तयारी अवस्थामा राखिन्छ ।

    जव उनी अस्पत्ताल पुग्छन् एम्वुलेन्स  रेडि हुन्छ । त्यहा वस्नुस भनिन्छ उनलाई एकाएक बुटवलको अस्थायी कोरोना अस्पत्तालको गेटमा पुराएर एम्वुलेन्स फर्कन्छ । उनी गेट भित्र जान्छन्  आफ्नो विवरण सुनाउछन् । ज्वरो नाप हुन्छ  ९८ डिग्री । सामान्य रुघाखोकीको अवस्था मात्रै हुन्छ । अस्पत्तालले लक डाउनका बेला भएकाले अस्पत्तालवाट घर फिर्ता पठाएको पत्र थमाउछ । उनीसंग पैसा  हुदैन । १० रुपैया मेहिकलको काउण्टरमा छाडेकाले एक रुपैयापनि  हुदैन । उनी रातभर हिडेरै कपिलवस्तु फर्कनुको विकल्प हुदैन   वाटोमा पर्ने ४ /५ वटा प्रतिक्षालयमा  १५ मिनटर देखि ४५ मिनट सम्म सुत्दै २४ घण्टाको कोराना कहरसंगै बुटवलवाट कपिलवस्तु फर्कन्छन् । सामान्य  रुघाखोकी लागेका विरामीलाई पिपरा अस्पत्तालले चेकजाँच नै नगरी रिफर गरेकाले यस्तो स्थिती आएको हो ।  अर्काे विहान पिपरा अस्पत्तालमा उनी  आइपुग्दा चिकित्सक टीम यसरी तर्सन्छ मानौ उनीहरुलाई तर्साउन भूत नै आएको छ । उनीहरु  होहल्ला गर्छन ।  त्यहा उपस्थितस्थानीयले उनलाई प्रहरीमा बुझाउन खोज्छन्  ।

    यसैबीच बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी अस्पत्तालमा पुगेर पुन चेकजाँच गर्न लगाउछन् । ज्वरो (तापक्रम) फेरी पनि  ९८ डिग्री मात्र पाइन्छ । अस्पत्तालले सामान्य  रुघाखोकीको औषधी दिएर घर जान भन्छ ।तर घरमा जादा स्थानीयहरुमा शंका हुने भएपछि उनलाई वाणगंगा वडा नं ३ ले भक्तौलीमा रहेको क्वारेण्टाइनमा पठाइन्छ  । त्यही क्वारेण्टाइनमा उनका श्रीमान श्रीमतिको वास छ तर गास भने घरमा वनाएरै खाने अवस्था छ ।  

       डा. गुप्ताको मोवाइल नम्वर ९८४४३१३५८६ मा संकर्प गर्दा उहाको फोन लामो सयम सम्म स्वीच अफ थियो । यता  जिम्मेवार निकायको गैर जिम्मेवारी पनको असल उदाहरण पिपरा अस्पत्तालले देखाएकोछ । यस्तै ब्यवहार हुने हो भने मानिस ज्वरो आउदा सिटामोल किन्न पनि नसक्ने भएर कसरी बाच्न सक्छन् । यस्तो ज्यादती गर्ने मेडिकल देखि लापरवाह अस्पत्ताललाई कसले कारवाही गर्ने ? प्रश्न खडा भएको छ । 

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६