स्वास्थ्य

नटुवा समुदायका परिवारले राहत सामाग्री पाए,भोकभोकै बस्ने स्थिती आउन दिन्नौ : अध्यक्ष कुर्मी


२० चैत्र २०७६, बिहिबार


कपिलवस्तु २० चैत्र ।कपिलवस्तु जिल्लामा रहेका नेटुवा समुदायका बिपन्न र गरिब परिवारलाई पनि जिविकोपार्जनमा समस्या भएका बखत राहत सामाग्री पाउदा खुशी भएका छन । मूख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत जिल्लामा रहेका करिब १ सय २७ जनाले राहत सामाग्री स्वारुप खादान्न सामाग्री पाएपछि खुसी भएका हुन । जिल्लाको मायादेबी गाउपालिका वडा नं २ अभिरावका १७ जना र फुलिकाका  २ घर परिवार गरि १९ जना नेटुवा समुदायका घरपरिवारलाइ राहत सामाग्री पाएका हुन ।

        सरकारले जारी गरेको लकडाउन पछि मजदुरी गर्न नपाउदा साझबिहान छाक टार्न समस्याहुदै आएको थियो ।  कतैबाट राहत सामाग्री नआउदा भोक बस्न मर्नुपर्ने दिन आउने एक नेटवा परिवारका सदस्यले  बताए । राहत सामाग्रीमा प्रति ब्यक्ति १० केजि चामल ,५ किलो पिठो , १ किलो दाल ,२ किलो आलु ,नुन २ पोका ,सावुन आधा केजि ,तेल संगै १ वटा झुल संगै माक्स रहेका छन । राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण खनाल ,मायादेबी गाउपालिका अध्यक्ष बजंरगी कुर्मी,उपाध्यक्ष गिता तिवारी ,जिल्ला समन्वय अधिकारी भूमिराम पोख्रेल ,कोष नियन्त्रक पुन्य प्रसाद पन्थी ,कार्यक्रम सहजकर्ता रुकैया खातुन लगाएतको उपस्थिती रहेको थियो । राहत सामाग्री मायादेबी गाउपालिकाको संयोजनमा वितरण गरिएको जनाइएको छ ।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे