स्वास्थ्य

स्वास्थ्य सामग्री सहित नेपाल एयरलाइन्स काठमाडौँ



काठमाडौं २१ चैत । मेडिकल सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज शुक्रबार बिहानपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै यकिन भएको छैन ।सो हवाईजहाज निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन चार्टर्ड गरेर चीन लगेका थिए । सो जहाज बिहीबार बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको थियो ।यसअघि नेपाल सरकारको मेडिकल सामग्री नेपाल एयरलाइन्सकै वाइडबडी जहाजबाट काठमाडौं ल्याइएको थियो । बिना प्रतिस्पर्धा निकै महँगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो ।त्यसपछि स्वास्थ्य सेवा विभागले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६