ब्रेकिंग न्युज

एसएसबीद्वारा नेपालभित्र पसेर कुटपिट



कपिलवस्तु  २२  चैत्र। भारतीय एसएसबीले कपिलवस्तुको एक गाउंको सर्वासधारणलाई कुटपिट गरेका छन । जिल्लाको कृष्णनगर नगरपालिका वडा १२ बरईपुरका आधा दर्जन गाउंलेहरुलाई शुक्रबारराति कुटपिट गरेको छ  । राति दुईबजे पेट्रोलिंङमा निस्केका एसएसबीका टोली एक्कासि  गाउभित्र पसेर मोल्हु यादव,सोमई यादव, राजु यादव,छोटु पासी , राजकिशोर पासी लगायत एक महिला चिन्ना यादवलाई समेत कुटपिट गरेको स्थानीयहरुले बताएका छन । यो घटनाभन्दा पहिला पनि त्यही गाउंका सर्वासधारणलाई अनावश्यक रुपमा कुटपिट गर्ने , हाथियार देखाइ तर्साउने गरेको गाउंबासी बताउंछन । भारतका बलरामपुर जिल्लामा पर्ने मजिगवां र त्रिलोकपुर  क्याम्पबाट ५७ नम्बरका स्तम्भ हुँदै एसएसबीटोली दिनहुँ पेट्रोलिङ गर्छन सो स्तम्भ नजिक दशगजासंग सटेको बरईपुर गाउंका सर्वसाधारणलाई त्रसित बनाउने कार्यले गर्दा दुई देशबीचको मित्रतामा पनि असर गर्ने नेपाल(भारत सम्बन्धबिज्ञहरुको भनाइ छ ।

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६