कपिलवस्तु २२ चैत्र । कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले बिपद ब्यबस्थापन कोष मार्फत राहत दिने भएको छ । नगरकार्यपालिका को शनिबार बसेको बैठक ले विपत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । कोषमा नगरपालिकाको तर्फ बाट ७५ लाख रकम राख्ने भएको छ भने कोषमा सहयोग गर्न समाजसेवि सघं, सस्थालाई समेत अपिल गरेको छ । यसैगरि कार्यपालिका बैठकले राहत सामाग्री कार्यविधि समेत पारित गरेको छ । राहत बितरणको लागि आज शनिवार वोलपत्र निकाल्ने तयारि गरेको बुद्धभुमि नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठले वताउनु भएको छ । नगरले परिवार संख्याको आधारमा राहत बितरण गर्ने तयारि गरेको छ । हेर्नुहोस राहत सुचि
२२ चैत्र २०७६, शनिबार
प्रतिक्रिया