अर्थ-वाणिज्य

बुटवलको कृषि थोक बजार केन्द्र बन्द गर्ने निर्णय,यस्तो छ कारण



बुटवल, २२ चैत । बुटवलको पुरानो बसपार्कमा रहेको कृषि थोक बजार बन्द गर्ने निर्णय भएको छ । बुटवल उपमहानगरपालिकाले सामाजिक दुरी कायम गरेर कृषिजन्य उत्पादन खरिद तथा विक्री गर्न आग्रह गरेपनि जोखिम हुने संभावना धेरै भएपछि बन्द गर्ने निर्णय भएको हो । उक्त केन्द्रको सञ्चालक समितिको शनिबार बसेको वैठकको निर्णय अनुसार केन्द्र बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

        हरियो साग सब्जी र तरकारीको सुरक्षित कारोवार गर्ने भन्दै खुला राखिएकोमा हाल उक्त कारोवारमा बढी भीडभाड गरि कारोवार भइरहेकाले बन्द गर्नुपरेको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।केन्द्रका व्यवसायीक सटरहरुमा स्थानीय उत्पादनका ताजा तरकारी बिक्री वितरण हुँदै आएको थियो । भीड बढेपछि तिनै सटरहरु बन्द गर्ने निर्णय गर्दै विभिन्न चोकहरुमा भने सामाजिक दुरी कायम राख्दै ताजा तथा हरियो तरकारी बेचबिखन गर्ने व्यवस्था मिलाइएको बुटवल उपमहानगरले जानकारी दिएको छ ।

        विभिन्न चोकहरुमा स्थानीय उत्पादनका हरियो सागपात र तरकारिको बेचबिखनमा सामाजिक दुरी कायम भए नभएको अनुगमन गर्न कृषि विकास शाखा प्रमुख सन्तोष जिसीलाई जिम्मेवारी दिइएको समेत बुटवल उपमहानगरले जनाएको छ । उक्त केन्द्रमा दैनिक करिव सात आठसय ब्यापारीको जमघट हुने गरेको पाइएपछि उपमहानगरले बन्द गराएको हो । बुटवलले यसअघि नै बाहिरबाट आउने सबैखाले तरकारी र सामनमा रोक लगाइसकेको थियो । त्यसैगरी बुटवल उपमहानगरपालिकाले सबै वडामा राहत वितरणका काम जारी रहेको बताउँदै दाताहरुले सहकार्य गरिरहेको जनाएको छ । 

            बुटवलले दैनिक ज्यालादारीमा जीविकोपार्जनका गर्दै आएका ६ हजार पाँच सय श्रमिकका परिवारलाई राहत प्याकेज घोषणा गर्दै सबै टोलहरुमा वितरण जारी राखेको छ । त्यसैगरी बुटवल उपमहानगरले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ । भोजनालय, आवास तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिनुभयो । 

प्रकाशित : २२ चैत्र २०७६, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६