अर्थ-वाणिज्य

सबै क्षेत्रमा अभाव टार्ने अभियानमा सांसद पन्थी,साइन रेसुङगाले गरयो पिपिई सौजन्य



कपिलवस्तु २६ चैत्र प्रदेश सांसद विष्णु पन्थीले संयोजन गरि  जिल्लाका क्षेत्र नं १ ,२ र ३ का विभिन्न स्वास्थ्य सस्थाहरुमा पुगेर चिकित्सकको ब्यक्तिगत सुरक्षा उपकरण पिपिई वितरण गर्ने काम  बुधवार पनि जारी रहेकोछ । सांसद पन्थीले क्षेत्र नं १को मायादेवि ,क्षेत्र नं २ महाराजगंज र ३ को चन्द्रौटाका विभिन्न अस्पत्ताल तथा स्वास्थ्य चौकीहरु ,विजयनगर गाउपालिकालाई ती सामाग्री हस्तान्तरणको ब्यवस्था मिलाउनु भएको हो । सो अवसरमा क्षेत्र नं ३का विभिन्न स्वास्थ्य चौकीकालागि  प्रदेश सांसद अर्जुन केसीलाई सामाग्री हस्तान्तरण गरिएको थियो  ।

        त्यसैगरी संजिवनी अस्पत्ताल र चन्द्रौटा  अस्पत्ताललाई समेत पिपिई सामाग्री उपलब्ध गराइएको थियो । ती स्वास्थ्य सस्थालाई २० थान पिपिई ,आवश्यक मास्क र सेनिटाइजर उपलब्ध गराएको उहाले जानकारी दिनु भयो । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सौजन्यमा कपिलवस्तुका बाणगंगा ,शिबराज र महाराजगन्ज नगरपालिका तथा मायादेवी र बिजयनगर गाउपालिका विभिन्न सरकारी ,सामुदायिक र निजी अस्पताल तथा अन्य स्वास्थ संस्थाहरु लाई तथा सेनेटाईजर आदी  उपलब्ध गराइएको उहाको भनाइछ ।

        न्युनतम सुरक्षा सामाग्री उपलब्ध भएको हुँदा आशा छ अब कोरोना आतंक हटनेछ र कपिलवस्तुमा उपचारमा सहजता  हुनेछ उहाले प्रेसपाटीसंग भन्नु भयो । नियमित रुपमा  अन्य संस्थाहरु लाई उपलब्ध गराउदै जाने सांसद पन्थीको भनाइछ  ।  साइन रेसुङा बैंकका प्रबन्धक अनुराग पाण्डेले सोही स्थानमा सांसदसंगै पुगेर सामाग्री हस्तान्तरण गर्नु भएको थियो । 

प्रकाशित : २६ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६