अर्थ-वाणिज्य

प्रदेश सरकारको राहत कोषमा २ करोड थपियो ,वित्तिय क्षेत्रको योगदान प्रशंसनिय



बुटवल २७ चैत्र  प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाईरस नियन्त्रण तथा उपचारको १० करोडको   कोषमा ब्यक्ति विशेष तथा नीजि क्षेत्रवाट करिब २ करोड  थपिएकोछ ।कोरोनाको सम्भावित महामारीका कारण पेशा ब्यवसाय बन्द भएको भएपनि बिभिन्न ब्यक्ति तथा संस्थाहरुले कोरोना बिरुद्ध लडनका लागि सरकारले स्थापना गरेको कोषमा आर्थिक सहयोग गरेका छन ।  मंगलबार सम्म दुई करोड हाराहारी रकम यहाका संघ संस्था तथा बित्तिय संस्थाहरुले जम्मा गरेका छन ।यो रकम प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरू र बिपक्षी नेपाली कांग्रेसका सांसदहरूले दिएको समेत हो ।कोरोनाको सँम्भावित महामारीलाई नियन्त्रण गर्नका लागि स्थापित उक्त कोषमा १ करोड ८० लाख भन्दा बढी रकम जम्मा भईसकेको छ ।

        प्रदेश सरकारले सञ्चालन गरेको कोरोना बिरोधी अभियानमा सहयोग गर्ने उदेश्यले रुपन्देहीका संघ संस्थाहरुको सन्जालले ३० लाख बढी संकलन गरेर प्रदेश सरकारले स्थापना गरेको आईसोलेसन अस्पताललाई आवश्यक उपकरणहरु खरिद गरि हस्तान्तरण गर्ने तयारी गरेको जनाएका छन ।हालसम्म उक्त कोषमा सर्वसाधारणले मोवाईल बैंकिंङ्ख मार्फत सबैभन्दा कम १ सय रुपैया देखि सबैभन्दा बढी साईन रेसुंगा डेभलपमेन्ट बैंकले २५ लाख पचास हजार रुपैया जम्मा गरेको छ । भने भाटभटेनी सुपर मार्केटले २५ लाख हस्तान्तरण गरेको छ ।यसका साथै प्रदेश सभासचिवालले ३ पटक गरेर २३ लाख ३० हजार ४२५रुपैया जम्मा गरेको छ भने त्यसपछि बढी रकम जम्मा गर्नेमा बैक तथा बित्तिय संस्थाहरु रहेका छन ।

            कोषमा सिद्धार्थ बैंक, कुमारी बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र लक्ष्मी बैंकले दश र दश लाख रुपैया सहयोग गरेका छन त्यसैगरी सिटिजन बैंक ७ लाख रुपैया जम्मा गरेको छ यसका साथै कृषि बिकास बैंक क्षेत्रिय कार्यालय भैरहवा साखा, गरिमा बैंक मेगा बैंक र माछापुच्छ्र्रे बैंकले ५ लाखका दरले सहयोग जम्मा गरेका छन ।यसैगरी उक्त कोषमा गण्डकी बिकास बैंक र निर्धन उत्थान बैंकले चार चार लाख जम्मा गरेका छन ।यसका साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय ३ लाख ९६ हजार ९७,क्रिमसन कलेजले २ लाख ५५ हजार नेपाल उद्योग बाणिज्य महासंघले २ लाख ५१ हजार, लुम्बिनी आई ईन्स्टिच्युटले २ लाख २२ हजार २ सय २२ सामुहिक वचत तथा ऋण सहकारी सस्थाले २ लाख, नेपाल भारत मैत्री समाज २ लाख, लक्ष्मी लघुवित्त सहकारीले २ लाख, कैलाश बिकास बैंकले १ लाख १ हजार,रोटरी क्लब अफ तिनाउ बुटवलले, ६० हजार, लीलामणि पौडेल ५० हजार र कृष्ण बहादुर केसीले ४० हजार ५ सय ५५ जम्मा गरेका छन ।

        यसका साथै बुटवलको धागो कारखानामा रहेको आईसोलेसन बिेशष अस्थायी अस्पतालमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आईसियुका लागि आबश्यक उपकरण दिने घोषणा गरेको छ ।

प्रकाशित : २७ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६