कपिलवस्तु, १ बैशाख । काठमाण्डौबाट ५ दिन अघि पैदलयात्रा गर्दै बर्दिया सम्मकोलागी हिडेका मजदुरहरुलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरमा सोमबार स्थानिय समाजसेबि ढुण्डिराज अधिकारी र बिक्रम केसि लगाएत स्थानियहरुको सहकार्यमा ८० जना पैदल यात्त्रुहरुलाई खाना खुवाएर उनीहरुलाई घर सम्मपुग्ने यातायातको ब्यबस्था गरिदिएको बताएको छ ।
मजदुर महिला तथा बालबालिकाहरुले कष्टकर रुपमा पैदल यात्रा गरेको र दुख पाउदै यात्रा गरेको देखेपछि अधिकारीले उक्त ब्यबस्था मिलाएको बताएका छन् । ति मजदुरहरु काठमाण्डौबाट ५ दिन अघि पैदलयात्रा गर्दै बर्दिया सम्मको लागी हिडेको बताएको छ । काठमाण्डौको विभिन्न ठाउँमा ज्यालामजदुरी गर्दै आएका बर्दिया भुरीगाउँ र राजापुरका उनीहरु विश्वभरी कोरोना भाइसरको महामारी संगै भएको लकडाउनका कारण काम पाइन छोडेपछि आफु बस्दै आएको ठाँउ छाडी गाउँतिर फर्केको बताएको छ । काम पनि छैन , खानाको लागी पैसा पनि छैन , जसोतसो गाउँ पुग्न पाए, भोकै त परिदैन भन्ने सोचेर पैदल नै हिडेको एक जना यात्रामा सबारले बताए ।
विहान पख हो यहाँ सम्म आइपुगेको थकित थियौं विश्रामका लागी हाइवे होटल तथा न्यु स्टारआर्यल सेन्टर ( पेट्रल पम्प )अगाडी बसेका थियौ । हाम्रो्र साना साना बच्चा र महिला दिदी बहिनी हरुको सारै दुख देखेर पेट्रल पम्पमा खाना पनि खुवाउनु भयो । सवारीसाधनको पनि व्यवस्था मिलाइदिनु भयो , भुरी गाउँ घर बताउने शिब प्रशाद थारुले बताए । विहान आफ्नो पेट्र«ोल पम्प भरी मान्छे थकित मुद्रामा देखेपछि सोधखोज गर्दा काठमाण्डौबाट हिडेको ५ दिन भएको थाहा पाएपछि , यो विपदको समयमा सहयोग गर्नु पर्छ भनेर स्थानियको सहकार्यमा खाना खुवाउने काम भएको न्यु स्टार आयल सेन्टरका व्यवस्थापक ढुण्डीराज अधिकारीले बताए ।
४० जना भन्दा बढि त महिला छन ,उनीहरुको साथमा स साना बच्चा पनि छन , यो विपद्को समय हो खाना संगै यातायातको व्यवस्था गरेर गन्तव्य सम्म पुराएको अकिारीले बताए । उक्त सहयो ग्रर्ने क्रमा स्थानिय विक्रम के.सीले भने खानाको व्यवस्था स्थानियहरुको कै सहभागितामा भए पनि यातायातको लागी नगरपालिका संग सहकार्य भएको बताए । ८० जना बर्दियाका लागी पैदल हिडेका यात्रीलाई खाना खुवाउदै गरेको जानकारी पाएपछि आफु पनि उक्त कार्यको लागी सहयोग गर्न आएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए ।
निकै राम्रो काम गरेका छन शिवपुरका बासिन्दाहरुले ,मान्छेलाई आपत विपद्को समयमा हो सहयोग गर्ने यसरी भोकै प्यासै रहेकालाई उद्धार गर्नु नै मानविय धर्म रहेको समेत मेयर अधिकारीले बताएका छन् । काठमाण्डौबाट पैदल बर्दियाका लागी हिडेका यात्रीहरुलाई शिवपुरबाट २ वटा बसको व्यवस्था गरी उनीहरुलाई घर सम्म पुराउने व्यवस्था गरिएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताइन । शिवपुरका ढुण्डीराज अधिकारी, विक्रम के।सी।, देवि प्रसाद बेल्वासे , मोहन पौडेल र हाइवे होटल परिवारको सक्रियतामा उनीहरुलाई खाना र यातायातको व्यवस्था गरि गन्तव्य सम्म पठाइएको बताएको छ ।
प्रतिक्रिया