अर्थ-वाणिज्य

सैनामैना दोस्रो चरणमा प्रबेश , राहत लिएर नगर प्रमुख वडा वडामा



बैशाख ३ सैनामैना अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट प्रशंसा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की यतिबेला दोश्रो चरणको राहत बोकेर वडा वडामा पुग्नु भएको छ ।  पहिलो चरणको राहत वितरणमा केही गुनासो आएको सूचना पाएपछि प्रमुख कार्कीले उपप्रमुख विना रानालाई लिएर आफै सबै वडामा पुग्नु भएको हो । दोस्रो चरणकालागि एक हजार नौ सय ३३ विपन्न परिवारको लगत संकलन भएकोमा  तिनै परिवारका लागि राहत बोकेर प्रमुख कार्की र उपप्रमुख राना टोलटोलमा पुग्नु भएको हो ।

        परिवारको संख्याका आधारमा कम्तिमा दश दिनलाई पुग्ने खाद्यान्न पुर्‍याउन  प्रमुख कार्की र उपप्रमुख राना मंगलबार बिहानैदेखि खटिनु भएको वताइएको छ  ।यो सैनामैनाले वितरण गरेको दोस्रो चरणको राहत हो । दैनिक ज्यालादरी गरि छाक टार्ने परिवार र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका परिवारहरुलाई दोस्रो चरणमा राहत वितरण गरिरहेको उपप्रमुख रानाले बताउनु भयो ।

        प्रमुख कार्की ,उपप्रमुख राना सहित सुचना अधिकारी केशव राज अर्याल सहितको टोली  टोलटोलमा पुगेको देखिपछि स्थानीय अगुवाहरुले प्रसंशा गरेका थिए । ‘राहत दुरुपयोग हुनबाट रोक्ने, लक्षित समूहमै पुग्ने र नगरबासीमासमेत अभिभावक टोलटोलमा आएको अनुभूति  गराउने काम भएको हो ।’ चमल २५ हजार ४ सय ३१ किलो, एक हजार नौ सय ३३ किलो दाल, एक हजार नौ सयय ३३ किलो नुन, एक हजार नौ सय ३३ किलो चिउरा, एक हजार नौ सयय ३३ लिटर खाने तेल र एक हजार नौ सय ३३ ओटा हात धुने साबुन दोस्रो चरणमा वितरण हुने नगर प्रमुख कार्कीले जानकारी दिनु भयो  । अत्यावश्यक परेका खण्डमा भने तत्कालै राहत दिनसक्ने गरी संयन्त्र तयार पारिएको कार्कीले प्रेसपाटीलाई वताउनु भयो ।

            नगरपालिकाले दिएको तथ्यांकमा वडा नं १ मा तीन सय ९०, वडा नं २ मा एक सय १८, वडा ३ मा एक सय २७, वडा ४ मा एक सय ९५ तथा वडा ५ मा एक सय ४१, वडा नं ६ मा दुई सय ३४, वडा ७ मा सात सय नौ जनालाई राहत वितरण सुरु गरिएको छ । यसैगरी वडा नं ८ मा ८९ जना, वडा नं ९ मा दुई सय ५३, वडा नं १० मा एक सय ५६ र वडा नं ११ मा एक सय ५१ घरपरिवारका लागि दोस्रो चरणको राहत वितरण गरिन लागेको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

        यस अघि दुई हजार आठ परिवारलाई पहिलो चरणमा राहत वितरण गरि सकिएको नगरपालिकाले जनाएको छ । जस अन्तर्गत १४ हजार सय सय ६२ किलो चामल, दुई हजार आठ किलो दाल, दुई हजार आठ किलो नुन, दुई हजार आठ किलो, चिउरा, दुई हजार आठ लिटर खाने तेल र दुई हजार आठ ओटा हात धुने साबुन वितरण गरि सकिएको सैनामैनाका सुचना अधिकारी केशव राज अर्यालले जानकारी दिनु भयो । 

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६