अर्थ-वाणिज्य

राहत बोकेर कांग्रेसका भातृ संस्था कबनपा र मायादेविमा



कपिलवस्तु ३ बैशाख नेपाली कांग्रेसका भातृसस्था तरुणदल  कपिलवस्तु र नेविसंघ क्षेत्र नं १ले कपिलवस्तु नगरपालिका वडा नं९,१०,११ र मायादेवी गाउपालिका वडा नं ३ मा रहेका अति बिपन्न १६० भन्दा बढि घर परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन्। नगरपालिकाबाट राहत बितरण भैरहदा नपाएका उनिहरुले नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम सांसद अतहर कमाल मुसलमानको विशेष सहयोगमा नेका जिल्ला सदस्य  ललित गुरुङ,जमसेद खान,नेका महासमिति सदस्य दुर्गा सेन,मेवालाल यादव, नेका क्षेत्रीय सभापति शालिकराम चौधरी लगायतको उपस्थितीमा  राहत वितरण गरिएको हो ।

        सो क्रममा कांग्रेसका क्षेत्रिय उपसभापति कृष्णमुरारी ज्ञवाली, सचिव प्रेम पौडेल,अतिकुर रहमान मुसलमान, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी,क्षेत्रीय सभापति तिलक थापा,सचिव गोबिन्द आचार्य नेविसंघ छेत्र नं।१ सभापति चन्द्रकान्त पोख्रेल २  लगायत  उपस्थित हुनु हुन्थ्यो । कवनपा ९ र १०मा मा भएको वितरणमा कांग्रेस नेता ललित गुरुङ ,वडा सभापति देबेन्द्र पोख्रेल वडा अध्यक्ष मोहन शर्मा,लगायतको उपस्थितिमा अति बिपन्न परिवारलाई अति आवस्यक रहेको चामल, दाल, नुन,तेल,लगायतका १६० भन्दा बढी  घरपरिवारलाई  खाद्यान्न सामग्री हस्तान्तरण गरिएको विद्यार्थी नेता चन्द्रकान्त पोख्रेलले प्रेसपाटीलाई जानकारी दिनु भयो ।

    सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम सांसद अतहर कमाल मुसलमानले नेपाली कांग्रेस सधै गरिबको बस्तिमा रहेको बताउदै यो बेला खान नपाएर मजुरी गरेर खाने मजदुरको परिवारलाई बाच्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै आफू लागिपरेको बताउनुभयो। यस्तो अवस्थामा मजुरी गरेर खाने परिवारलाई गाह्रो परेको छ त्यो पिडामा मलम लगाउन सकिन्छ कि भन्दै हामी हिडेका छौ र केही भएपनिीउहाहरुको दुखमा सहयोग मिल्नेछ भन्दै राहत बाडिएको तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरिले बताउनुभयो।हस्तान्तरण गर्दै गर्दा सामाजिक दुरि कायम गरि कार्यक्रम गरिएको थियो।

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६