स्वास्थ्य

कहाँ छन् माधव पौडेल ? प्रहरीले माग्यो जनस्तरमा सहयोग ,सबैले मिलेर खोजौं



कपिलवस्तु ४ बैशाख कपिलवस्तुको बाणगंगा ९ ठेगाना भएका एक ब्यक्तिको खोजीमा यतिबेला कपिलवस्तु प्रहरी निकै खटिएको छ । तर माधव पौडेल थरका उनलाई चिनेको र देखेको भन्ने भरपर्दाे कुनैपनि श्रोत प्रहरीले पाउन सकेको छैन । कतार एयरवाट चैत्र ४ को फलाइटमा कोरोना संक्रमित युवतीसंगै आएका उनी अहिले सम्म कहाँ छन् ? प्रहरीले पत्ता पाउन सकेको छैन । इलाका प्रहरी कार्यलय पिपराका प्रमुख आयुष प्रसाद जोशीले माधव पौडेलको खोजी गरिदिन सबै जनप्रतिनीधिलाई अनुरोध गरेको वताउदै अझै सम्म कुनै सुइको पाउन नसकेको प्रेसपाटीलाई जानकारी दिनु भयो । 

        उनको  ठेगाना ढिलागरि खुलेकोले प्रहरीले खोजीको सूचीमा राखेर तत्काल पत्ता लगाउन कपिलवस्तु प्रहरीलाई केहिदिन मात्र अघि खवर गरेको वताइएको छ। नागरिकताको ठेगाना वाणगंगाको भलवाड भएपनि हालको वसाईको ठेगाना कहाँ हो ? र उनी को हुन ? अहिले सम्म पत्ता लगाउन नसकिएको वडाध्यक्ष ध्रुव बेल्वासेले वताउनु भयो । जहाँ सम्म एकदुई दिन भित्रै पत्ता लागोस भनेर सबै विधी अपनाइएको छ वेल्वासे भन्नु भयो । 

प्रकाशित : ३ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६