स्वास्थ्य

परिचय पत्र नहुदा कुटिए स्वास्थ्यकर्मी ,सामान्य वादविवाद भएको हो : प्रहरी



धरान ४ बैशाख परिचयपत्र नहुदा धरानमा स्वास्थ्यकर्मी प्रहरीवाट कुटिएका छन् । धरान  महानगरपालिका(२० पानवारीमा प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको छ।बिहीबार बिहान साढे ७ बजे स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनालले बिरामीको उपचार गर्न जाँदै थिए। सोही क्रममा उनले पानमारा चौकीका प्रमुख भेषबहादुर राउतलाई परिचयपत्र देखाउँदै गर्दा आफूलाई पाइपले हानेको खनालले बताए।

        म बिहान प्रेसरको बिरामी भेट्न जाँदै थिएँ,उनले भने,परिचयपत्र देखाउँदै गर्दा पाइपले प्रहार गरे।उनको ढाडमा निलडाम बसेको छ। तर इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले भने कुटपिट नभएको दाबी गरेका छन्।ुत्यस्तो केही कुटेको होइन उहाँ चाहिँ मोटरसाइकलमा परिचयपत्र नबोकी जानुभएको थियो,उनले भने,परिचयपत्र देखाउनुभन्दा सामान्य वादविवाद भएको हो।

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६