लुम्बिनी

कोरोना नियन्त्रणका लागि कपिलवस्तु जेसीजको घरघरमा डाक्टर अभियान प्रभावकारी बन्दै



कपिलवस्तु ५ बैशाख । विश्वमा माहामारीको रुप लिएको कोरोना भाइरसलाई कपिलवस्तुमा नियन्त्रणमा लिन सुरु गरिएको कपिलवस्तु जेसीजको अभियान प्रभावकारी बन्दै गएको छ । कपिलवस्तु जेसीजले विपन्न गरिब वर्गमा कोराना भाइरसको संक्रमण भए नभएका पत्ता लगाउन सहयोग गर्ने र जिल्लामा कोरोना नियन्त्रण गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो अभियान करिब २ हप्तादेखि सुरु गर्दै आइरहेको छ ।

        अभियान सुरु गरेको कपिलवस्तु जेसीजले अभियान अन्तर्गत बिहीबार १३ औ दिन वडा नं ४ को जितपुर र वडा नम्बर १ को डाडाकुलामा सम्पन्न गरेको छ । सो क्षेत्रका ३०१ घरधुरीका ५०० सय वढिको स्वास्थ्य जाँच, सावुन वितरण र घरदैलो मार्फत सचेतीकरण कार्य सम्पन्न गरेको जेसीजका अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनु भयो । नगरका सवै वडाका गाँउ गाँउमा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि घरघरमा डाक्टर अभियान शुरु गगरिएको छ ।

        अभियानमा नेकपा बाणगंगाका नगर कमिटि अध्यक्ष शकर पाण्डे, जेसीजका संस्थापक महसचिब दोलखराम घिमिरे, कपिलबस्त्ु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, जेसिसका पुर्व अध्यक्ष पोष्टराज गौतम, बाणगंगा स्पोर्टस एण्ड वेलफेयर सोसाइटीका अध्यक्ष राजकुमार खाँण, वडा नम्बर १ का वडा अध्यक्ष बाल कुमारी पन्त लगाएतको सहभागीता रहेको जनाईएको छ । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६