कर्णाली

साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द



सिँजा, ५ वैैशाख । जिल्ला  प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । जिप्रकाले वितरित नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको र जनस्वाथ्य तथा स्थानीय शान्ति सुरक्षामा प्रतिकूल प्रभाव पर्ने जनाई उक्त कार्यालयको गोदाममा रहेको नुन बिक्रीवितरण कार्य अर्को आदेश प्राप्त नभएसम्म रोक्न निर्देशन दिएको थियो । इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिंँजा –३ का रतनबहादुर शाही,  प्रेमप्रसाद उपाध्याय र  सन्तोष धितालको रोहवरमा डिपो भवनको मूल ढोकामा रहेको तालामाथि अर्को ताला लगाउनाका साथै भवन बाहिर रहेको ४८ बोरा नुनसमेत बिहीबार बन्द गरिएको छ ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६