लुम्बिनी

कपिलवस्तुका युवाद्धारा ३२ मजदुरलाई गृह जिल्ला पठाईयो



कपिलवस्तु ५ बैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोविड १९ को त्रासबाट नेपाल पनी अछुतो रहन सकेको छैन् । कोविड १९ लाई नियन्त्रण गर्न गत चैत्र ११ गतेबाट देशैभर लकडाउन भएको छ । पढाई र रोजगारीका शिलशिलामा जिल्ला बाहिर रहेका कतिपय लकडाउन घोषणा हुनु अगावै घर फर्किए , त कोहि कार्यक्षेत्रमै बसे । कोठामा खाद्यान्न छउन्जेल ढुक्क भएपनी विस्तारै खाद्यान्न अभाव हुन थालेपछि पैदल भएपनी घर हिड्नेको संख्या बढ्दो छ । सरकारले एक स्थानिय तहबाट अर्को स्थानिय तहमा जान रोक लगाएपनी पैदल एक जिल्ला,एक प्रदेशबाट अर्को प्रदेशसम्म पनी हिड्नेको संख्या भने घटेको छैन । पैदल यात्रुलाई विभिन्न स्थानिय तह,सघं संस्थाहरुले खाना,पानी लगायतको व्यवस्था ठाउँ ठाउँमा गरेका छन् । त्यस्तै कालिगण्डकी करिडोर बौदीकाली नवलपुरमा कार्यरत दैलेख जिल्ला आठबिस नगरपालीका , ठाँटीकोट गाउँपालीका र कालिकोट जिल्ला खाँडाचक्र नगर पालिका लगायतका स्थानका ३२ जना मजदुरलाई कपिलवस्तुको बुद्धभुमी नगरपालिका गोरुसिङगेमा खाजा नास्ताको ब्यवस्था गरि कालिकोट पठाईएको छ । हिजो नवलपुरको कावासोती आईपुगेको टोलीलाई देवचुलीका स्थानिय युवा राजु चापागाई लगायतको टोलिले खानाको व्यवस्था गरि पठाएका थिए ।

     आर्थिक तथा खाद्यान्न अभाव बढ्दै गए पछि रोगले मरिन्छ कि भन्दा पनि भोकले मरिन्छ कि भन्ने त्रास बढेकोले हिडेरै भए पनि घर जाने निर्णय गरेको उनिहरु मध्येका एक कल बहादुर खड्काले जानकारी दिए । यसरि हिजो बुटवल आइपुगेका उनिहरु खाद्यान्न आपुर्ति गर्ने ट्रक मार्फत कालिकोटको लागी हिडेका ति ३२ जना मजदुरको टोलिलाई कपिलवस्तुमा पनि अर्जुन थापाको सहयोग एवम् समन्वय तथा स्थानिय युवाहरु दिपक भुसाल जानु पाण्डे तथा गोरुसिङगे स्थित राज किराना पसल लगायतको सहयोगमा काक्रा, चाउचाउ , चिउरा, बिस्कुट र दालमोट लगायतका खाजा, पानी साथै मोवाइल रिचार्ज कार्ड समेत सहयोग गरि उनीहरुको गृह जिल्ला पठाईएको प्रेसपाटीलाई जानकारी प्राप्त भएको छ ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६