अर्थ-वाणिज्य

भोका मजदुरलाई बनगाईमा सत्कार,सिमा क्षेत्र सम्म सुपर्दगी



 

कपिलवस्तु ५ वैशाख  लकडाउन लम्बिदै जादा देशका काठमाण्डौं, धादिङ्ग, लम्जुङ्ग लगायतका स्थानबाट मजदुरी गरी पैदल फर्कर्नेहरुको लर्को कपिलवस्तु जिल्लामा दिनानू दिन देखिन थालेको छ । यसरी चार, पाँच दिनको पैदल यात्राबाट थकित मजदुरको ब्यथा भने आफ्नै छ । यसरी सडकमा फेला परेका ८५ जना मजदुरलाई कपिलवस्तुको बनगाई स्थित शैक्षिक टोलबासीले खाना, खाजा खुवाई जिल्लाको चन्द्रौटा सम्म पु¥याएर जिम्मेवारी लगाउने काम गरेको स्थानिय गोविन्द पौडेलले बताउनु भयो । ती ८५ जना मजदुरसंगैं रहेका बाल बच्चाको अनुहारले भने जो कोहीलाई पनि भावुक बनाउथ्यो ।  

         बाँके, बर्दिया, कैलाली, रुकुम, रोल्पा पुग्नुपर्ने ती मजदुरहरु आफ्नो गन्तब्य सम्म पैदलबाटै  भए पनि पुग्ने गरी यात्रा तय गरेको राजेश चौधरी बताउन्छन् । सडकमा फेला परेका मजदुरहरुलाई गन्तब्य सम्म पु¥याउने कार्यमा कपिलवस्तुको बनगाई, वोडगाउँ, चन्द्रौटाबासीको स्वत स्फूर्त सक्रियता देखा परेको छ । आफुहरुले मानविय सेवा भाव राख्दै ठाउँ ठाउँमा चाउ चाउका प्याकेट, पानी, खाना, खाजा को ब्यवस्था गरेको बताउनुहुन्छ सेवामा सक्रिय टेक बहादुर खत्री ।  

        राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका राख्ने श्रमिकलाई आफ्नो गन्तब्य सम्म पु¥याउने कार्यमा  राज्यको मात्र मुख ताक्न नहुने भन्दै आफुहरुले सक्रियता देखाएको बुद्धिजीवि कृष्ण के.सी.को भनाई छ । कोरोनाबाट आकरान्त बनेको बेला स्थानियबासीबाट स्वत स्फूर्त गरिएका रचनात्मक कामले सिंगो नगरको सकारात्मक सन्देश गएको बताउदै यतिखेर सबै क्षेत्रबाट रचनात्मक भूमिकाको खाचो छ भन्नुहुन्छ बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्याल । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६