लुम्बिनी

४६ सुरक्षा पोष्ट, १२ सय सुरक्षाकर्मी तैनाथ कपिलवस्तुको सीमाना लक



कपिलवस्तु, ५  बैशाख  । कपिलवस्तुको सुरक्षा निकायले अवैध घुसपैठ रोक्न भारतीय सीमाना पूर्ण रुपमा लक गरेको छ । भारतमा कोरोना संक्रमित बढ्दै गएपछि चिन्तित नेपाली अधिकारीहरुले सीमानालाई पूर्ण रुपमा कडाई गर्न निर्देशन दिएलगत्तै कपिलवस्तुको सीमा लक गरिएको हो । विशेष गरी सीमा सुरक्षाको जिम्मा पाएको  शशस्त्र प्रहरीले कपिलवस्तु संग जोडिएको भारतीय सीमानामा ४६ वटा नयाँ अस्थायी सुरक्षा पोष्ट स्थापना गरेको छ भने १२ सय शशस्त्र प्रहरी हथियार सहित परिचालन गरेको छ । यस अघि सीमा क्षेत्रमा रहेका ६ वटा स्थायी बर्डर आउट पोष्ट र १ भन्सार गुल्मलाई पनि सीमा क्षेत्रमै परिचालन गरिएको छ । 

        अवैध घुसपैठबाट कोरोना संक्रमण भित्रने सम्भावना बढेपछि आफुहरुले ९३ किमी लामो सीमा क्षेत्रलाई पूर्ण रुपमा लक गरिएको शशस्त्र प्रहरी बल २८ नम्बर गणका शशस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताउनुभयो । विभागिय तथा जिल्ला स्थित सुरक्षा समितिको निर्देशन अनुसार सीमा लक गरिएको उहाले जानकारी दिनुभयो । “हामीले अहिले १.५ किमी देखि २ किमीको दुरीमा अस्थायी पोष्ट स्थापना गरेका छौ, भोली ६ गते पुनः १५ स्थानमा सुरक्षा पोष्ट स्थापना गर्दैछौ” उहाले भन्नुभयो । नेपाल भित्रन खोज्नेहरुलाई रोक्नका लागि २४ सै घण्टा सीमामा गस्ती जारी रहेको र एउटा पोष्टबाट अर्को पोष्ट सजिलै देख्न सकिने हुदा सीमानामा हुने कुनै पनि गतिविधीमा शशस्त्र प्रहरीको सजिलै निगरानी हुने एसपी पुरीले जानकारी दिनुभयो।  खुला सिमानाका कारण नेपाल भारत सिमा नाका भारतबाट बिभिन्न  चोर बाटो प्रयोग गरि नेपाल भित्रिनेहरुका कारण नागरिकमा संक्रमणको  साथै  त्रास नहोस  भनेर १० दिन अघि बाट  जिल्लामा अस्थाई पोष्ट खडा गरि शसस्त्र प्रहरीको टोलीले सिमा क्षेत्रमा २४ घण्टानै निगरानी गर्दै आएको छ ।

        नेपाल तर्फका शसस्त्र प्रहरी, नेपाल प्रहरी सँगै भारतीय सिमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले ज्वाईन्ट पेट्रोलिङ्ग गर्दै आएको बताएको छ । अहिले शसस्त्र प्रहरीले कपिलबस्तुको  टोलीले करिब  ६५  स्थानबाट सिमा निगरानी गर्दै आएको छ । लकडाउनसुरु भए देखिनै  बिओपी चाकलचौडा तथा बिओपी मर्यादपुरको मातहतको  क्षेत्रको स्थलगत अवलोकन गरेको  बताएको छ । साथै बिओपी हर्दौनाका, हथिहवा ,डालपुर  लगाएतका स्थानमा अवोलक गरी सम्बन्धित बिओपी क्षेत्रको निरिक्षण गरि थप कडाई गरिएको थियो । 

         कपिलबस्तु जिल्ला भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थ नगर र बस्ती जिल्ला सँग ९३ किलो मिटर क्षेत्रफलमा सिमा जोडिएको बताएको  छ । उक्त  क्षेत्रमा भारतीय सिमा सुरक्षा बल (एसएसबी) का २३ वटा बर्डर आउट पोष्ट (बिओपी) र १ वटा कम्पनीले समेत सिमा क्षेत्रमा आवागमनमा कडाई गरेका छन । सिमा क्षेत्रलाई मजबुत कसिलो बनाउन शसस्त्र प्रहरी बललाई सक्रिय बनाउनुका साथै जनशक्ति थप गरि कडाई गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभयो ।  अहिले भारत बाट नेपाल लुकेर केहिदिन अघि आउन लागेका नेपालिहरुलाई भारत स्थित सिद्धार्थ नगरक्ष्ोत्रको बढनी क्वारेन्टाईनमा २१ जनालाई राखिएको छ भने नेपालको कृष्णनगर क्वारेन्टाइनमा  ३६ जना भारतीय नागरीक छन्  । 

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६