प्रदेश

फरक घटनामा २ को मृत्यू : अनियन्त्रित वाईक,रुखले च्याप्यो



रुपन्देही ५ बैशाख ।रुपन्देहीको सैनामैना नगरपालिका ८ बाँसगढीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना ४ मुर्गियाका २७ वर्षीय सागर थापा रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । सैनामैनाको मुर्गियावाट पश्चिम सालझण्डी जानेक्रममा बाँसगढीमा मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाई छ । 

        उनको उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । यता पाल्पाको तिनाउ गाउँपालिका वडा नंं १ कचलमा रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नंं १ कचल ठुली उदाङका ३४ बर्षिय ओमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

        रुख काट्ने क्रममा रुखले च्यापेर घर्तीको मृत्यु भएको हो । घर नजिकै रहेको ठुली उदाङ मसिना सामुदायिक जंगलमा रुख काटिरहेको अवस्थामा रुख ढलेर घर्तीलाई लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पाल्पाले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६