लुम्बिनी

स्थापना दिवसको अवसरमा राहत वितरण


६ बैशाख २०७७, शनिबार


कपिलवस्तु ६ वैशाख ।  नेपाल विद्यार्थी संघ कपिलवस्तुले नेवि संघको ५१ औ स्थापना दिवसको अवसरमा कपिलवस्तु नगरपालिका वडा नंं ६ स्थित थुमुवा गाउ मा ५१ जना विपन्न घरपरिवारलाई राहत वितरण गरेका छन । देश लकडाउन भएको वेला ज्याला दारी गर्ने मजदुर विपन्न परिवार हरु लाई बढी समस्यामा परेको हुनाले यस्ता गरिव विपन्न परिवारहरुको पहिचान गरी स्थापना दिवसको अवसरमा राहत वितरण गरिएको नेवि संघ का निवर्तमान सह महामन्त्री प्रकाश घिमिरेले बताएका छन । तत्काल लाई यस वडा बाट शुरु गरिएता पनि थप अरु वडामा पनि विपन्न मजदुर हरुको पहिचान गरी राहत बाडिने घिमिरे ले बताएका छन । यस्तै गरी वडा मा राहत वितरण गर्दा राहत बाट बन्चित भएका मजदुर तथा विपन्न परिवार हरु लाई समेटेर राहत बाडिएको नेवि संघ का जिल्ला सभापती राकेश पाण्डे ले जानकारी दिएका छन । ५१ जना प्रत्येक विपन्न घरपरिवारलाई १० किलो चामल ,तेल,नुन,आलु,सोयाविन तथा मसला वितरण गरिएको पाण्डेले बताए । राहत वितरण कार्यमा सक्रिय रुपमा सहयोगी भावना राखी उपसभापती अनिल क्षेत्री ,संघका नेता कृण्ण गौतम को उल्लेखिय भुमिका सहित उपस्थिती रहेको थियो ।

प्रकाशित : ६ बैशाख २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे