कपिलवस्तु ६ वैशाख । नेपाल विद्यार्थी संघ कपिलवस्तुले नेवि संघको ५१ औ स्थापना दिवसको अवसरमा कपिलवस्तु नगरपालिका वडा नंं ६ स्थित थुमुवा गाउ मा ५१ जना विपन्न घरपरिवारलाई राहत वितरण गरेका छन । देश लकडाउन भएको वेला ज्याला दारी गर्ने मजदुर विपन्न परिवार हरु लाई बढी समस्यामा परेको हुनाले यस्ता गरिव विपन्न परिवारहरुको पहिचान गरी स्थापना दिवसको अवसरमा राहत वितरण गरिएको नेवि संघ का निवर्तमान सह महामन्त्री प्रकाश घिमिरेले बताएका छन । तत्काल लाई यस वडा बाट शुरु गरिएता पनि थप अरु वडामा पनि विपन्न मजदुर हरुको पहिचान गरी राहत बाडिने घिमिरे ले बताएका छन । यस्तै गरी वडा मा राहत वितरण गर्दा राहत बाट बन्चित भएका मजदुर तथा विपन्न परिवार हरु लाई समेटेर राहत बाडिएको नेवि संघ का जिल्ला सभापती राकेश पाण्डे ले जानकारी दिएका छन । ५१ जना प्रत्येक विपन्न घरपरिवारलाई १० किलो चामल ,तेल,नुन,आलु,सोयाविन तथा मसला वितरण गरिएको पाण्डेले बताए । राहत वितरण कार्यमा सक्रिय रुपमा सहयोगी भावना राखी उपसभापती अनिल क्षेत्री ,संघका नेता कृण्ण गौतम को उल्लेखिय भुमिका सहित उपस्थिती रहेको थियो ।
६ बैशाख २०७७, शनिबार
प्रतिक्रिया