अर्थ-वाणिज्य

बाणगंगाले शुरु गरयो पैदल मजदुरलाई छिमेकी जिल्ला पुराउने अभियान ,१०० जनालाई दाङ पठाइयो



कपिलवस्तु ८ बैशाख लकडाउनको समयमा पैदल यात्रा गरेर कपिलवस्तु  भित्रिने यात्रुलाई यहाँका स्थानीय सरकारले व्यवस्थापन गर्न शुरु गरेका छन् ।पैदल  बाणगंगा आईपुगेका घोराही  रोल्पा र तुलसीपुर जाने यात्रुहरुलाई बाणगंगा नगरपालिकाले व्यवस्थापन गरेको हो । देश विभिन्न स्थानवाट बाणगंगा  आईपुगेका १०० जना यात्रुहरुलाई नगरपालिकाको सहयोगमा आईतवार  साँझ दाङ गन्तव्यमा पठाईएको छ । पिपरा कोठी नदी किनारमा  रहेका ति यात्रुहरुलाई ट्रकको व्यवस्था गरेर उनीहरुलाई दाङ पठाएको हो । नगरपालीकाको समन्वयमा उनीहरुलाई खानाको व्यवस्थापनि गरीएको थियो ।

            बाणगंगा २ का अध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा   उनीहरुलाई चाउचाउ, विस्कुट, दालमोट, पानिको व्यवस्था गरिएको थियो ।  उनीहरुलाई दाङ छाड्ने ट्रकमा स्वयम पौडेल समेत जानु भएको थियो ।ा रौतहट र नुवाकोट र सिन्धुपाल्चोकवाट  १० दिनको पैदलयात्रा गरेर उनीहरु आएकाथिए । उनीहरुलाई छिमेकी जिल्ला सम्म पु¥याउन स्थानीय पालिकाको समन्वयमा यातायातको समेत प्रवन्ध  भएको हो  । “अबदेखि वाणग.गा  आइपुगेका यात्रुहरुलाई यसरी नै पश्चिम पठाउन प्रबन्ध मिलाइएको उपप्रमुख चक्रपाणी अर्यालले वताउनु भयो । 

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६