कपिलवस्तु ८ बैशाख ।लकडाउनको समयमा पैदल यात्रा गरेर कपिलवस्तु भित्रिने यात्रुलाई यहाँका स्थानीय सरकारले व्यवस्थापन गर्न शुरु गरेका छन् ।पैदल बाणगंगा आईपुगेका घोराही रोल्पा र तुलसीपुर जाने यात्रुहरुलाई बाणगंगा नगरपालिकाले व्यवस्थापन गरेको हो । देश विभिन्न स्थानवाट बाणगंगा आईपुगेका १०० जना यात्रुहरुलाई नगरपालिकाको सहयोगमा आईतवार साँझ दाङ गन्तव्यमा पठाईएको छ । पिपरा कोठी नदी किनारमा रहेका ति यात्रुहरुलाई ट्रकको व्यवस्था गरेर उनीहरुलाई दाङ पठाएको हो । नगरपालीकाको समन्वयमा उनीहरुलाई खानाको व्यवस्थापनि गरीएको थियो ।
बाणगंगा २ का अध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा उनीहरुलाई चाउचाउ, विस्कुट, दालमोट, पानिको व्यवस्था गरिएको थियो । उनीहरुलाई दाङ छाड्ने ट्रकमा स्वयम पौडेल समेत जानु भएको थियो ।ा रौतहट र नुवाकोट र सिन्धुपाल्चोकवाट १० दिनको पैदलयात्रा गरेर उनीहरु आएकाथिए । उनीहरुलाई छिमेकी जिल्ला सम्म पु¥याउन स्थानीय पालिकाको समन्वयमा यातायातको समेत प्रवन्ध भएको हो । “अबदेखि वाणग.गा आइपुगेका यात्रुहरुलाई यसरी नै पश्चिम पठाउन प्रबन्ध मिलाइएको उपप्रमुख चक्रपाणी अर्यालले वताउनु भयो ।
प्रतिक्रिया