अर्थ-वाणिज्य

नगरपालिकाको युवा परिषद घरघरमा तरकारी बिक्री गर्दै



पाल्पा, ८ बैशाख । तानसेन नगरपालिकामा बसोबास गर्ने नागरिकलाई लकडाउनको बेलामा तरकारी अभाव हुन नदिन घरघरै तरकारी पु¥याउने गरिएको छ ।  नगरपालिकाद्वारा गठित युवा परिषद्ले गाउँमै उत्पादित तरकारी बजारका नागरिकलाई घरघरमै सहुलियत दरमा बिक्रीका लागि पु¥याउन शुरु गरेको परिषद्का अध्यक्ष गुराँस आत्रेयले बताउनुभयो । 

        कोभिड –१९ को संक्रमण नियन्त्रणका लागि बाहिरी जिल्लाको तरकारी भित्रिन नदिने निर्णय नगरपालिका, कोरोना संक्रमण रोकथाम एवं व्यवस्थापन आपूर्ति व्यवस्थापन समितिले  गरेको हो । परिषद्ले बारीमा कुहिएर जानबाट जोगाएर तरकारी अभाव झेलेका उपभोक्तासामु तरकारी पु¥याउन लागेकामा खुशी भएर सहकारीको गाडी नै उपलब्ध गराएको मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमराज न्यौपानेले बताउनुभयो ।

        बन्दाबन्दीमा तरकारी उत्पादनको मुख्य क्षेत्रका रुपमा परिचित तानसेनका अर्गली, मदनपोखरा र  बौघापोखराथोकमा तरकारी बारीमै कुहिन्छ कि भन्ने चिन्ता लागेकामा अब नगरपालिकाले उपभोक्तासम्म पु¥याइदिने भएकाले खुशी लागेको सहकारी संस्थाका अध्यक्ष तथा कृषक न्यौपाने बताउनुुहुन्छ ।उपभोक्ताले तरकारी खान नपाउने र  कृषकका बारीमा तरकारी कुहिएर जाने अवस्था आउन नदिन कृषकको मूल्यअनुसार आफूहरुले बजारसम्म लैजाने समितिका महासचिव धनु घिमिरेले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६