कर्णाली

सुर्खेतका मस्जिदमा धार्मिक गतिविधि बन्द



सुर्खेत ८ बैशाख । कोभिड–१९ रोकथामका लागि सरकारले लकडाउन लागू गरेको झण्डै एक महिना बित्न लाग्दा बल्ल सुर्खेतस्थित मस्जिदले धार्मिक गतिविधि बन्द गरेका छन् । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेका बेला वीरेन्द्रनगर–१० बेलघारी पिपिरास्थित मस्जिदले आइतबारदेखि धार्मिक गतिविधि बन्द गरेको हो ।मस्जिदले इमाम तथा मोहोजिमबाहेक अन्यलाई संयुक्तरुपमा नमाज पढ्न बन्द गरेको हो । वीरेन्द्रनगरस्थित बढी भीडभाड हुने अन्य धार्मिकस्थल भने लकडाउन लागू भएदेखि नै बन्द थिए । जिल्ला प्रशासनले मन्दिर र चर्चमा निगरानी बढाए पनि मस्जिद खुला थिए । यहाँ दुई मस्जिद छन् । नेपाली सुन्नी मस्जिद गुल्सने मदिना अध्ययन केन्द्र सुर्खेतले सबैलाई घरमै नमाज पढ्न व्यवस्था मिलाउनुका साथै शुक्रबारको विशेष नमाजलगायतका हरेक दिन हुने भीडभाड नगर्न मुस्लिम समुदायलाई अपिल गरेको छ । मदिना अध्ययन केन्द्रका अध्यक्ष फजिर बक्सले पछिल्लो समय जिल्ला बाहिरबाट कुनै पनि धार्मिक व्यक्ति प्रवेश नगरेको बताउनुभयो ।“कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न अपिल गरेका छौँ”, अध्यक्ष बक्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आवश्यक परेको खण्डमा मदरसालाई क्वारेन्टाइनका लागि उपलब्ध गराउन तयार छौँ ।”

प्रकाशित : ८ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६