अर्थ-वाणिज्य

कोरोना विरुद्धका नयाँ योजना अघि सार्दै प्रदेश सरकार, अर्थ ब्यवस्थालाई शिथिल हुन नदिने स्कीम ल्याउदै



रुपन्देही ११ बैशाख । कोरोना भाइरस (कोभिड १९) संक्रमण विरुद्ध प्रदेश ५ सरकारले नयाँ योजनाहरुका साथ कृयासिल हुने क्रममा कोरोना भाइरस जोखिम व्यवस्थापनको लागि आवश्यक काम गर्न प्रदेश विपद व्यवस्थापन कोषमा रहेको रकमबाट जिल्ला विपद व्यवस्थापन समितिलाई रकम दिने निर्णय मन्त्री परिसद बैठकले गरेकोछ ।  निर्णमा तराईका जिल्लालाई ८ लाख र पहाडी जिल्लालाई ५ लाख रुपैंया तोकिएको छ । विश्वव्यापी रुपमा फैलिएको समयमा स्थानीय तह र जिल्लाका निकाय मार्फत प्रदेश ५ सरकार नजिक हुने प्रयास गरेको हो  । ति निकायसँग प्रदेश सरकारले सहकार्य, समन्वय र सहयोगको हात बढाएर नजिक हुने प्रयास गरेको हो ।

        यसैबीच प्रदेश ५ सरकारले जिल्ला विपद व्यवस्थापन समितिलाई राहत रकम दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश ५ सरकारको मन्त्रीपषिद बैठकले उक्त निर्णय गरेको हो । अर्थमन्त्री समेत रहनु भएक मुख्यमन्त्रीको कार्यालयका अनुसार  अर्थ ब्यवस्थालाई सिथिल हुन वाट जोगाउने र केहि राहत महशुस हुने नयाँ प्याकेजको तयारी भई रहेकोछ । त्यो कुन रुपमा कसरी आउछ ? छलफलका चरणमा रहेको वताइएकोछ । संघिय सरकारवाट त्यस्तो प्याकेज आई हाल्छ की भनेर पर्खेर हेर्दै गर्दा नयाँ प्याकेजको समेत तयारी हुदै गरेको श्रोतले प्रेसपाटीलाई जानकारी दिएको छ । 

        यसअघि प्रदेश ५ सरकारले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख ,  सिद्धार्थनगर नगरपालिकालाई २० लाख रुपैंया दिने निर्णय गेको थियो । प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंयाका दरले र।प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले दिने निर्णय गरेको  थियो । त्यसैगरी  १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया दिने निर्णय गरेका थियो ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६