प्रदेश

एकता नहुँदै समाजवादी पार्टी फुट्यो, रेणु यादवको नेतृत्वमा नयाँ दल बन्दै


११ बैशाख २०७७, बिहिबार


काठमाडौं, ११ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालसँग एकता नहुँदै उपेन्द्र यादव र डा. बाबुरम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल फुटेको छ ।  समाजवादी पार्टीकी नेतृ रेणु यादवको काठमाडौं शान्तिनगरस्थित घरमा भएको बैठकबाट समाजवादीका आठ सांसदले नयाँ पार्टी दर्ता गर्ने निर्णय लिएका हुन् ।

        नयाँ पार्टी गठनको निर्णय गरेका सांसदहरुले आज बिहान ८ बजे सभामुख अग्निप्रसाद सापकोटालाई नयाँ दल गठन गरेको जानकारी दिने भएका बताइएको छ ।  समाजवादीबाट अलग्गिएका सांसदहरुमा रेणु यादव, मोहम्मद ईस्तियाक राइन, डा. सुरेन्द्र यादव, बिमल श्रीवास्तव प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन् ।  यससँग्ै उपेन्द्र यादवका कुनै बेलाका विश्वासपात्रमध्ये एक सांसद रेणु यादवको नेतृत्वमा नयाँ पार्टी बन्ने छ ।  समाजवादीको असन्तुष्ट खेमामा बाँकेबाट निर्वा्चित सांसद तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राइन, रेणु यादव, पर्साका सांसद प्रदीप यादव र विमल श्रीवास्तव पनि रहेका छन् । त्यस्तै कैलालीकी समानुपातिक सांसद कलुदेवी विश्वकर्मा, झापाकी रेणुका गुरुङले पनि समाजवादीबाट अलग्गिएका छन् । 

        संसदीय दलका सचेतक उमाशंकर अरगरिया पनि समाजवादी पार्टी छाडेका छन् । समाजवादी छाडेर नयाँ पार्टी खोल्ने कोशिश गरे पनि संसदीय दल र पार्टी केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने बाध्यताले अफ्ठेरोमा परेका थिए।  तर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानमा हेरफेर गरी संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगेमा पार्टी फुटाउन सकिने खुकुलो प्रावधानसहितको अध्यादेश जारी गराएसँगै नयाँ पार्टी जन्मिने भएको हो ।  बुधबार राती समाजवादी पार्टी र राजपा नेपालबीच एकता सहमति भइसकेको छ । उनीहरुले नयाँ पार्टीको नाम समाजवादी जनता पार्टी राखिसकेका छन्। 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे