प्रदेश

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना, यस्तो छ ३ दिनको मौषम पूर्वानुमान



काठमाडौं, ११ बैशाख । आज पनि पहाडी क्षेत्रका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावले पहाडका धेरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रिमनसुनी अर्थात् मनसुनअघिको गतिविधि सक्रिय भएकाले दिउँसोपछि पानी पर्नेछ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

बैशाख ११ गते बिहिबार

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली रहने छ।देशका पहाडी भूभागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भुभागका थोरै  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १२ गते शुक्रबार

दिउँसोः   देशका मध्य र पूर्वी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरूमा  मेघगर्जनरचट्याङ्ग रअसिना र सहित वर्षाको सम्भावना रहेको छ।पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहि पूर्वी भूभागका थोरै स्थानमा  र पश्चिमि पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ३ गते शनीबार

दिउँसोः  देशभर आंशिक देखि सामान्य  बदली रहने छ।देशका मध्य र पश्चिमका पहाडी भू(भाग र पुर्वी भूभागका  थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर आंशिक देखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भुभागका थोरै  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशका पहाडी भूभागका धेरै स्थानहरुमा र मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गरहावाहुरीरअसिना  सहित वर्षा  हुन सक्ने  देखिएकोले सतर्कता अपनाउन मौषम पूर्वानुमन महाशाखाले हुन अनुरोध छ 

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६