प्रदेश

नवगठित जनता समाजवादी पार्टीद्धारा एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता



काठमाडौ ११ बैशाख । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् । योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया शुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ ।सो आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि अहिले संघीय संसद् सचिवालयमा दर्ताका लागि पुगेको सो पार्टीका नेता केशव झाले जानकारी दिनुभयो । दल दर्ताका लागि दुवै पार्टीको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठकले निर्णय गरी पुनः दुवै पार्टीको संयुक्त बैठकले निर्णय गर्नेछ । एकीकृत पार्टीको पार्टीको विधान, घोषणापत्र, नियमावली र नयाँ पार्टीको संरचनासहित आयोगलाई बुझाएपछि मात्रै पार्टी दर्ता प्रक्रिया अघि बढ्ने नेता झाले बताउनुभयो ।

               समाजवादी  पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच बुधबार राति पार्टी एकीकरण भएको घोषणा गरेका थिए । जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरु आज निर्वाचन आयोग पुग्नुभएको थियो । नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुङ्ग्याइने जानकारी दिनुभयो ।  अर्का नेता राजेन्द्र श्रेष्ठले सरकारले असान्दर्भिक अवस्थामा अध्यादेश ल्याएकाले आफूहरुले पनि पार्टी एकीकरणको कामलाई अन्तिम रूप दिएको बताउनुभयो । नेता डा शिवजी यादवले झण्डै डेढ वर्षदेखि चलिरहेको एकता प्रक्रियाले अन्तिम रूप लिएको भन्दै पार्टी पदाधिकारी र केन्द्रीय समितिको आगामी बैठकले नयाँ रणनीतिका साथ अघि बढ्ने बताउनुभयो ।

प्रकाशित : ११ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६