सूचना र प्रविधि

बाणगंगाका किसानले पाए नगरको परिचय पत्र, छिमेकी पालिकाको तरकारी निषेधित छैन : उपमेयर अर्याल



कपिलवस्तु १२ वैशाख कपिलवस्तुको वाणगंगा नगरपालीकाले भारतवाट आयात हुने तरकारीमा पूर्ण रोक लगाएकाले छिमेकी पालिकाका किसान त्रसित हुन नपर्ने उपमेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । उहाले शुरुमा सबैलाई रोकिएको भएपनि छिमेकी पालिकाले दिएको परिचयपत्रका  आधारमा तरकारी ल्याउन र बेच्न रोक नलगाइने स्पष्ट पार्नु भएको हो ।

        यता बाणगंगाले  नगर भित्रका किसानका लागि व्यवसायीक कृषक परिचय पत्र वितरण कार्य जारी राखेको छ । नगर भित्र रहेका किसान समूह, फर्म तथा कृषि सहकारीमा आवद्ध व्यवसायीक रुपमा तरकारी खेती गरिरहेका किसानका लागि परिचय पत्रको व्यवस्था गरेको हो । वाहिरवाट तरकारी आयातमा पुर्णरुपमा रोक लगाएपछि नगर भित्र उत्पादीत तरकारीको वजारीकरण तथा व्यवस्थापनका लागि कृषि विकास शाखावाट परिचयपत्रको व्यवस्था गरिएको नगरका उप प्रमुख चक्रपाणी अर्यालले वताउनु भयो ।

        कृषि विकास शाखाले नगर भित्र व्यवसायीक रुपमा तरकारी खेतीमा लागेका वडा नं १ मा रहेको वुद्ध कृषि फर्मका परदेसी थारु, वडा नं ८ मा रहेको प्रगतिशिल कृषक समूहका मिन वहादुर सेन लगाएत नगर भित्रका ६ जनालाई परिचय पत्र उपलव्ध गराईसकेको प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीको भनाइछ । लकडाउनको अवधिमा नगर भित्र तरकारी जन्य समान्को ओसार पसारमा समस्या नहोस तथा विक्रि वितरणका लागि सहज होस भनेर किसान, समूह, फर्म तथा कृषि सहकारीका सदस्यलाई परिचय पत्र उपलव्ध गरार्ईको कृषि विकास शाखाका प्रमुख लेसवहादुर केसीले प्रेसपाटीलाई  वताउनु भयो ।

        साथै अन्य किसानहरुको समेत पहिचान भएको हुदा सवैलाई आईतवार सम्म उपलव्ध गराउने योजना रहेको उहाँको भनाई छ । हाललाई परिचयपत्रमा अवधि वन्दावन्दीको समय सम्म र नगर भित्र मात्र उल्लेख भएपनि नगरले कृषक परिचयपत्र पछि पनि उपलव्ध गराउने योजना वनाएको जनाएको छ । परिचय पत्र पाएपछि किसानलाई आफुले तयार गरेको तरकारीको वजारीकरणमा समस्या नहुने तथा उत्पादन भएको तरकारी विक्रि वितरण गरि लाभ लिन सकिने नगरले जनाएको छ । 

प्रकाशित : १२ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६