अर्थ-वाणिज्य

बारीमै केरा सड्न थालेपछि राहतमा केरा



कैलाली, १३ बैशाख । कैलालीको जानकी गाउँपालिका–९ ले राहतसँगै केरा वितरण गर्न थालेको छ । गाउँपालिकाले खाद्यान्नसहितको राहत प्याकेजमा केरा उपलब्ध गराउन थालेको हो । “किसानको उत्पादित केरा बारीमै सड्न थालेकाले स्थानीय केरा व्यवसायी खेमबहादुर चन्दको सहयोगमा राहतमा केरासमेत बाँड्न थालेका हौँ”, जानकी–९ का वडासचिव प्रेम बुढाले भन्नुभयो, “प्रतिव्यक्ति एक दर्जन केरा वितरण गरिरहेका छौँ ।”

        वडा कार्यालयलाई केरा व्यवसायी चन्दले ३५० दर्जन केरा सहयोग गर्नुभएको छ । व्यवसायी चन्दले केरा बारीमै सड्न थालेपछि विपन्न नागरिकलाई वितरण गर्छु भनेपछि राहत प्याकेजमै राखिदिएको वडासचिव बुढाले बताउनुभयो । जानकी–९ की रेश्मा चौधरीले राहतसँगै केरा पाएकामा वडा कार्यालयलाई धन्यवाद दिनुभयो । “लकडाउनका कारण हामीले केरा किनेर खान पाएका छैनौँ”, रेश्माले भन्नुभयो, “वडाले चामल, दाल, तेल, नुनसँगै केरा पनि दिएको छ, खुशी लाग्यो ।”

        वडा कार्यालयले पहिलो चरणमा २०४ र दोस्रो चरणमा १५० परिवारलाई राहत वितरण गरेको छ । केरा व्यवसायी चन्दले जानकी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकका लागि पनि ३०० दर्जन केरा सहयोग गर्नुभएको छ । “खेर जानुभन्दा विपन्नको पेट भरियोस् भनी सहयोग गरेको हुँ”, व्यवसायी चन्दले भन्नुभयो, “केराले बजार नपाएर बारीमै सड्न थालेका छन् ।” (रासस)

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६