मधेश

असिनापानीले बालीनालीमा ठूलो क्षति, दुई घाइते



सर्लाही १३ बैशाख । सर्लाहीमा शुक्रबार दिउँसो हावाहुरीसहित परेको असिना–पानीले जिल्लाको उत्तरी भेगमा ठूलो क्षति पु¥याएको छ । हावाहुरी र पानीसँगै परेको असिनाले बालीनालीमा ठूलो क्षति पु¥याउनुका साथै खेतमा काम गरिरहेका कामदार तथा वस्तुभाउ चराउन गएका गोठालासमेत घाइते भएका छन् । असिना लागेर बाख्रा, कुखुरा, कुखुराको चल्ला तथा रुखमा बस्ने चरासमेत मरेका छन् । असिनाले लालबन्दी नगरपालिका वडा नं १२, १३, १४, १५ र १६ मा केरा, मकै, आँप, तरकारी खेतीलगायत विभिन्न बालीमा क्षति पु¥याएको हो । असिनाले खपडा तथा टाली, एलबेस्टरले छाएका घरको छानोमा समेत क्षति पु¥याएको छ । हावाहुरीका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठसमेत भत्काएको छ । ईश्वरपुर नगरपालिका वडा नं १२ मा समेत असिनाले ठूलो क्षति पु¥याएको स्थानीयवासीले जनाएका छन् ।

              यसैबीच हावाहुरी र असिनापानीमा परेर लालबन्दी नगरपालिका–११ मा दुई घाइते हुनुभएको छ । खेतमा काम गरिरहेको अवस्थामा असिनापानीले चुट्दा ६० वर्षीया जेसुनमाया घिसिङ र घरको जस्ता खसेर लाग्दा ७० वर्षीय लालबहादुर ब्लोन घाइते हुनुभएको वडाध्यक्ष दीपककुमार लामाले जानकारी दिनुभयो । घाइते जेसुनमायाको स्थानीय मेडिकलमा उपचार भइरहेको वडाध्यक्ष लामाले बताउनुभएको छ ।ठूलाठूला असिनाले हुर्कंदै गरेको आँप, केरा, मकैबाली र तरकारीमा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । “ठूलो–ठूलो असिना र्झयो । एकैछिनमा मकैबाली र तरकारी कुट्यो”, खेतमा काम गरिरहेको ६० वर्षीया जेसुनमाया घिसिङले भन्नुभयो,  ठूलाठूला असिनाले चुट्दा आफू घाइते भए ।”

     असिनापछि भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा लगाएका बालीनालीमा समेत क्षति पुगेको छ । तीव्रगतिका हावाहुरीका कारण जिल्लाको कतिपय स्थानमा बिजुलीका पोल रुख ढलेका छन् । जसका कारण विद्युत् प्रसारण अवरुद्ध भएको छ । त्यस्तै जिल्लाको बसबरिया गाउँपालिकामा समेत असिनाले ठूलो क्षति पु¥याएको वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले जानकारी दिनुभयो । “लकडाउनको समय छ ।

          खानेकुरा साँच्नुपर्ने बेला हुर्कंदै गरेको बाली र फलेको तरकारीमा असिनाले क्षति पु¥यायो”, उहाँले भन्नुभयो, “आँप, मकै र तरकारीबालीमा क्षति पु¥याएपछि यस भेगका किसान चिन्तित बनेका छन् ।” असिनाले बसबरिया गाउँपालिकामा पनि ठूलो क्षति पु¥याउनुका साथै घरहरुमा समेत क्षति पगुेको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार असिनापानीले किसानका आँप, मकैबाली र तरकारीमा ठूलो क्षति पु¥याएको छ । आँप, मकैबाली र तरकारीमा क्षति र्पुयाएपछि किसान चिन्तित बनेका छन् । हावाहुरी र असिनापानीबाट के कति क्षति पु¥याए भनेर विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित : १३ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६