प्रदेश

अझै केहि दिन मौसम बदली हुने, पानी पर्ने यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, १४ बैशाख । अझै केहि दिन मौसम बदली हुने तथा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गारेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसमविद विभुति पोख्रेलले जानकारी दिनुभयो । आज बिहानैदेखि देशका केही स्थानमा पानी पर्न थालेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमानः

 बैशाख १४ गते

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः  देशभर सामान्य बदली रही केहि स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 बैशाख १५ गते 

दिउँसोः  देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जन र चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बैशाख १६ गते 

दिउँसोः  देशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 रातीः  देदेशभर सामान्य बदली केहि  स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग र असिना र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पश्चिमी भूभागका केहि  स्थानमा र मध्य र पूर्वी भूभागका केहि स्थानहरुमा  मेघगर्जनर चट्याङ्ग  र हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६