अर्थ-वाणिज्य

सहकारी लकडाउनको वित्तिय साथी : रोजगारी प्रबर्दनको एक सारथी



कपिलवस्तु १४ वैशाख  । लकडाउन लम्बिदै जादा सर्वसाधरणको विश्वासशिलो सारथी बन्न पुगेका छन् स्थानिय सहकारी । सर्वसाधरणहरु आफुले घरमै जोहो गरेको रकम खर्चे पछि नियमित गर्ज टार्ने विकल्प बन्न पुगेका छन् आफ्नै घर आगमना रहेका सहकारी । यति खेर आफुहरुले  आशा र भरोसाको केन्द्र सहकारी नै बन्न पुगेको बताउनुहुन्छ कृष्ण खनाल । 

            लकडाउनका कारण थुप्रै चुनौतीहरु थपिएका भएपनि सहकारी अभियानकर्मी भने सहकारीहरुका निम्ति स्थानिय श्रोत परिचालनको यो उपयुक्त समय आएको बताउनुहुन्छ कपिलवस्तु बचत तथा ऋण सहकारी संघका अध्यक्ष गुणनिधी भुसाल । संघका अध्यक्ष भुसालले सहकारीहरुले आफ्ना सदस्यलाई उद्यमी तर्फ उन्मुख गर्नु पर्ने र स्थानिय उत्पादन वृद्धिमा तत्काल नै ब्यवहारिक योजना अगाडी सार्नुपर्ने आवश्यकता रहेको तर्क गर्नुृहुन्छ । 

            लकडाउनका बेला पनि कपिलवस्तुमा रहेका सहकारीहरुले राज्यका नीति नियमलाई अवलम्बन गर्दै आफ्नो सेवालाई प्रभावकारी रुपमा संचालन गरेको संघका अध्यक्ष भुसालले बताउनु भयो । अध्यक्ष भुसालले आफुहरुले जोखिमका बीच पनि कोरोनाबाट बच्न सचेतना फैलाउने, स्थानिय तहसंगको समन्वयमा राहत कोषमा रकम जम्मा गर्ने काम भएको बताउनु भयो ।  जिल्ला सहकारी संघका उपाध्यक्ष तथा सहकारी संघ प्रदेश ५ का सदस्य तेज प्रसाद आचार्यले आफ्ना सदस्यलाई फर्जुल खर्चमा कटौटी गर्दै अति आवश्यक क्षेत्रमा मात्र खर्च गर्ने कुरामा जोड दिनु पर्ने बताउनु भयो ।

        सहकारी अभियान कर्मी आचार्यले सहकारी शिक्षालाई ब्यवहारमै कार्यान्वयन गर्दै आफ्ना करेसाबारीमै उत्पादन गर्ने कुरामा सहकारीले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो । आचार्यले तत्काल सहकारीले राज्यसंग समन्वय गरी तरलता ब्यवस्थापनमा समेत ध्यान दिनु पु¥याउनु पर्नेमा जोड दिनु भयो ।  कपिलवस्तु जिल्लामा मात्र १ सय २ वटा बचत तथा ऋणको क्षेत्रमा कारोवार गर्ने सहकारीहरु रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संघका सचिव ढाकाराम अधिकारीले बताउनु भयो । ती मध्ये अधिकाशं सहकारीहरुले यतिखेर आफ्ना सदस्यका लागि कुनै पनि बेला समस्या आइनपरोस भन्दै जोखिम ब्यवस्थापन कोषको प्रभावकारी परिचालन गरेको र सदस्यमा सहकारी प्रति विश्वास बढेको छ भन्नुहुन्छ संघका सचिव अधिकारी ।

        कपिलवस्तु जिल्लामा मात्र बचत तथा ऋणको क्षेत्रमा कार्यरत सहकारीहरुमा करिब ६५ करोड बढी शेयर पुजी, करिव ४ अर्व बढी निक्षेप संकलन, र ३ अर्व बढी कर्जा लगानी गरेको जिल्ला संघले जनाएको छ । कपिलवस्तु जिल्लामा रहेका ती सहकारीहरुमा ८० हजार शेयर सदस्य आवद्ध रहेको  संघले जनाएको छ । सहकारीको क्षेत्रमा उर्वर क्षेत्र मानिने बाणगंगा नगरपालिका भित्र मात्र १७ वटा बचत तथा ऋणको क्षेत्रमा कार्यरत सहकारीहरु रहेको संघले जनाएको छ । ती सहकारीहरुमा ४५ हजार बढी शेयर सदस्य रहेको र  ४० करोड बढी शेयर पुजी संकलन हुनुका साथै  १ अर्व २५ करोड बढी निक्षेप संकलन गर्नुका साथै १ अर्व अर्जा प्रभाव गरेको संघले जनाएको छ । 

        कपिलवस्तु जिल्लामा रहेका यी सहकारीहरुमा करिब दुई सय ७५ जना प्रत्यक्ष रोजगारीमा संलग्न छन । त्यस्तै बाणगंगामा नगरपालिका भित्र मात्र १ सय २५ जना कर्मचारी संलग्न रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संघका सचिव ढाकाराम अधिकारीले बताउनु भयो । सहकारीहरुले सानो रकम देखी ५० लाख सम्म आफ्ना सदस्यहरुलाई परियोजनागत कार्यका लागि कर्जा प्रभाव गरेको बताउनुहुन्छ सिनर्जी सहकारीका पूर्व अध्यक्ष अर्जुन खरेल । 

            नेपालमा कोरोना (कोभिड १९) भाइरसको महामारी लम्बिदै जादा आर्थिक क्षेत्रमा पनि यसको प्रभाव देखिनु स्वभाविक नै हो । आर्थिक संकट गहिरिदै जादा पनि सहकारीहरुको सेवा प्रभावबाट सदस्यहरुमा सकारात्मक सन्देश पुगेको बताउनुहुन्छ मेरिट सहकारीका प्रबन्ध संचालक सरोज खनाल । दुःख् सुखको सारथी वास्तवमा सहकारी नै रहेको महशुस गरेका छौ भन्नुहुन्छ माउण्ट एभरेष्ट सहकारीका सदस्य छविन्द्र पौडेल । माउण्ट एभरेष्ट सहकारीका अध्यक्ष यूवराज पोख्रेलले सहकारी मैत्री समाज निर्माणबाट यतिखेरको आर्थिक संटक ब्यवस्थापनमा सहज हुने तर्क गर्नूहुन्छ । 

        ठूला शहरमा रहेका केही सहकारीका कारण सिंगो सहकारी अभियान माथी बेला बखद् प्रश्न तेर्सिने  गरेपनि समुदाय केन्द्रित सहकारीका लागि यो लकडाउन  उपयुक्त अवसर भएको सहकारी अभियानकर्मीको तर्क रहेको छ । जुनसुकै बेला पनि स्थानिय श्रोत साधनको परिचालन बिना समृद्ध राष्ट्र निर्माणको अभियान पुरा हुने कुरा चुनौतीपूर्ण रहन्छ । तर यति बेला यस्तो अवस्था श्रृजना भएको छ की जो कोही पनि स्थानिय श्रोत साधनको ब्यवहारिक परिचालन बिना मानव जातीको दैनिकी पनि चल्ने हो या होइन छलफलको विषय बन्न पुगेको छ ?  

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६