मधेश

प्रदेश–२ मा एकैदिन ६२४ को नमूना सङ्कलन



महोत्तरी, १४ वैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा एकै दिन ६२४ जनाको स्वाब परीक्षण पिसीआरका लागि नमूना सङ्कलन गरिएको छ । शनिबार प्रदेशका विभिन्न जिल्लामा गरी एकै दिन ६२४ जनाको स्वाब परीक्षण पिसीआरका लागि स्वाब सङ्कलन गरिएको हो ।प्रदेशभित्र यति धेरै सङ्ख्याको एकैदिन स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको यो सर्वाधिक रेकर्ड तथ्याङ्क हो ।

           शनिबार स्वास्थ्य सेवा विभाग, नेपाली सेना, सशस्त्र प्रहरी र प्रदेश निर्देशनालयमातहतका जनशक्ति परिचालित भएपछि यो सङ्ख्याको स्वाब सङ्कलन भएको छ । प्रदेशमा अब जम्मा स्वाब परीक्षणको कूल सङ्ख्या एक हजार २९० पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।प्रदेशमा हालसम्म पाँच कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । जसमा पर्सामा पुष्टि भएका तीन भारतीय र एकरएक सर्लाही र रौतहटका छन् । पिसीआर गरिएकामध्ये ६३६ को नतिजा रिपोर्ट आएको छ । यसमध्ये ६३१ जनाको परीक्षण नतिजा नेगेटिभ आएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशका आठै जिल्लामा गरी शनिबारसम्म चार हजार ४४८ को आरडिटी ९¥यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । प्रदेशका आठै जिल्लामा गरी हाल  एक हजार ४७० क्वारेन्टाइन केन्द्रका श्ययामा छन् । त्यसैगरी चिकित्सकरस्वास्थ्यकर्मीको रेखदेख रहने गरी एक हजार ६३९ जना घरमै सुरक्षित क्वारेन्टाइनमा रहेका वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो । यहाँका विभिन्न अस्पतालमा गरी २२७ आइसोलेसन बेड श्यया रहेका निर्देशनालयले जनाएको छ । यिनमा हाल २३ शङ्कास्पद व्यक्ति रहेका झाको भनाइ छ । पछिल्लोपटक जनकपुरस्थित प्रादेशिक अस्पतालको पिसीआर जाँच गर्ने मेसिनले ठिक जाँच परिणाम नदिएपछि स्वाब परीक्षणमा समस्या भएको छ ।

               स्वाब परीक्षणका लागि धरान, हेटौँडा र काठमाडौँ पठाउनु परेपछि रिपोर्ट आइपुग्न बढी समय लाग्ने गरेको छ । जनकपुरमै पिसीआर जाँचको पुनः व्यवस्थापन गर्न समन्वय भइरहेको झाले जानकारी दिनुभयो । यसअघि सर्लाहीका १४ वर्षीय किशोरको जनकपुरमा गरिएको स्वाब परीक्षणको नतिजा नेगेटिभ बताइएपछि काठमडौँमा पुनः परीक्षण गरिँदा पोजेटिभ आएको थियो । यही घटनापछि जनकपुरको पिसीआर टेष्ट जाँच रोकिएको हो ।

प्रकाशित : १४ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६