अर्थ-वाणिज्य

असिनोले स्याउ खेतीमा १ करोडको क्षति



खलंगा, १५ बैशाख ।  जुम्लाको पातारासी गाउँपालिकाको लुम, छुमचौर र तल्फी गाउँमा शनिबार परेको असिनाले स्याउ बालीमा ठूलो क्षति पु¥याएको छ । स्याउमा सानासाना दाना लागेको समयमा असिना परेकाले सो गाउँको स्याउ उत्पादनमा कमी आउने किसान कृष्ण बोहोराले बताउनुभयो । “विगत वर्षमा स्याउको एउटै बगैँचाबाट रु पाँच लाखभन्दा बढी आम्दानी हुन्थ्यो, यो वर्ष स्याउ लाग्ने समयमा असिना पानीले किसानलाई घाटा पुर्याएको छ”, उहाँले भन्नुभयो । स्याउ बीमा गरेका किसानलाई सहज भए पनि अन्य किसानलाई समस्या भएको उहाँको भनाइ थियो । 

        स्याउ मात्र होइन असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ । तरकारीको पकेट क्षेत्र मानिने पातारासी गाउँपालिकाको वडा नं १ र ४ मा किसानले लगाएको आलु, काँक्रो, फर्सी, प्याज, गोलभँेडा, काउली, गाजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्याएको स्थानीयवासी जगत बुढाले बताउनुभयो । असिना पानीले करिब रु एक करोड बराबरको तरकारी तथा स्याउमा क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।   

प्रकाशित : १५ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६