कोशी

छोराको विवाहभोजको रकम स्थानीय तहलाई दिने मनकारी नेता ?



झापा १६ बैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्ना छोरा श्यामको विवाहमा गरिने भोजको रकम स्थानीय तहलाई प्रदान गर्नुभएको छ । नेता सिटौलाले सोमबार झापाको बाह्रदशी, कचनकवल र हल्दिवारी गाउँपालिकासहित भद्रपुर तथा विर्तामोड नगरपालिकालाई रु पाँँच लाख प्रदान गर्नुभएको हो । आइतबार सिटौलाले आफ्ना छोरा श्यामको विवाह विर्तामोड निवासी ओमकृष्ण विमलीकी जेठी छोरी मनिषासँग दिवालग्नमा गराउनुभएको थियो । नेता सिटौला लकडाउनको पालना गर्दै बेहुला श्याम, आफ्ना दुई अङ्गरक्षक र अन्य तीन गरी सात जना मात्र जन्ती लिएर बेहुलीको घर पुग्नुभएको थियो । उता बेहुली पक्षका पनि १५ जना मात्र थिए । बेहुली पक्षले घरमा बेहुला र जन्तीलाई स्वागत गर्न १५ जनालाई मात्र उपस्थिति गराएको थियो ।

                        विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि अपनाएको सुरक्षा अवलम्बन गर्दै नेता सिटौलाले आफ्ना छोराको विवाह सम्पन्न गरेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेका विपन्न, असहाय तथा मजदुर वर्गलाई राहत पु¥याउने उद्देश्यले पाँच वटा पालिकालाई रु पाँच लाख सहयोग गर्नुभएको हो ।छोराबुहारीको इच्छानुसार नेता सिटौलाले विवाहभोजमा गरिने खर्च स्थानीय तहलाई हस्तान्तरण गर्नुभएको काँग्रेस नेता नवीन विमलीले जानकारी दिनुभयो । सिटौलाले बाह्रदशी, हल्दिबारी, कचनकवल गाउँपालिका र भद्रपुर नगरपालिकालाई एक÷एक लाख प्रदान गर्नुभएको थियो भने भद्रपुर नगरपालिका–१० र विर्तामोड नगरपालिका–१० लाई ५०÷ ५० हजार सहयोग गर्नुभएको हो ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६