अर्थ-वाणिज्य

५० प्रतिशत छुटको माग, न्यून ब्याजदरमा पुनरकर्जा देऊ : उद्योगसंघ



रुपन्देही १६ वैशाख । रुपन्देही उद्योग संघले कोरोनाका कारण थलिएको उद्योग व्यवसाय क्षेत्रलाई माथि उठाउन न्यून ब्याज दरमा पुनर्कर्जा उपलव्ध गराउन सरकारसंग माग गरेको छ । संघले उत्पादनमूलक उद्योगले विदेशवाट आयात गर्ने कच्चा पदार्थको भन्सार दर कम गर्न माग गर्दै उद्योगले प्रयोग गर्ने विद्युत महशुलमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउन समेत सरकराको ध्यानाकर्षण गराएको छ । रुपन्देही उद्योग संघले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै वजार सुस्ताएका कारण उत्पादन घटिरहेको समयमा श्रमिकहरुको रोजगारीलाई निरन्तर दिन उद्योगहरुलाई आवश्यक वित्तीय सहयोग अन्तर्गत न्यून व्याजदरमा पुनर्कर्जा उपलब्ध गराउन सरकारसं आग्रह गरेको हो । 

            संघका अध्यक्ष बाबुराम वोहराले लगानीकर्तालाई माथि उठाउन पुँजी, भूमि, श्रम र वजार चारै पक्षमा लचक हुन सरकारसँग आग्रह गर्दै सस्तो व्याजदरमा ऋण लगानी गर्न पनि अनुरोध गर्नुभयो । अध्यक्ष बोहराले आफ्नो उत्पादनवाट धान्न सकिने गरी पूर्वाधारको विकास गर्ने र लगानीकर्तालाई लगानीको प्रकृति अनुसार निशुल्क वा दिर्घकालका लागि जमिन उपलब्ध गराउने नीति तय गर्नपनि सरकारसँग माग गर्नुभएको छ ।

        संघले उद्योगहरुको वर्गीकरण गरेर तीन वर्षसम्मको लागि दुई प्रतिशत व्याजदरमा पुनर्कर्जाको व्यवस्था गर्न तथा लकडाउनले गर्दा बन्द भएका उद्योहरु पुनः सञ्चालन नहुँदासम्मको लागि विद्युत प्राधिकरणले लिदै आएको डिमाण्ड चार्ज नलिन पनि आग्रह गरेको छ ।विज्ञप्तीमा भनिएको  छ– नेपाली अर्थतन्त्र पनि विश्व अर्थतन्त्रसँग गाँसिएकाले हाम्रो अर्थतन्त्र पनि समस्याग्रस्त अवस्थामा पुग्नु स्वभाविक नै हो,  राष्ट्रिय  अर्थतन्त्रमा नकारात्मक प्रभाव परेसँगै नेपाली उद्यमीहरु पनि संकटको डिलमा पुगेका छन् । यस घडीमा सरकार र निजी क्षेत्रले संयुक्त रुपमा आम नेपाली नागरिकलाई समेत विश्वासमा लिएर मात्रै यो समस्यासँग लड्न सम्भव हुनेछ । 

        अध्यक्ष बोहराले यस्तो विषम परिस्थितिमा निजी क्षेत्रले राज्यको अभिभावकीय भूमिका अपेक्षा गर्नु स्वभाविक नै हो भन्दै संकटको दुःखत घडिमा सरकार र निजी क्षेत्र हातेमालो गर्दै बलियो आधार खडा गर्नेतर्पm लाग्नुपर्ने समय आएको छ । यस्तो प्रतिकूल अर्थतन्त्र सुधारका निम्ति निजी क्षेत्रको तर्पmबाट हामीले सरकारसँग केही प्रस्ताव गर्न चाहन्छौं ।  विज्ञप्तीमा संकटमा पुगेको अर्थतन्त्रमा सुधारको पहिलो विकल्प भनेको जतिसक्यो धेरै लगानी अभिवृद्धि गर्नु हो, विश्व अर्थतन्त्रलाई संकटमोचन गराउन विश्वले नै लगानीलाई आहवान गरिरहेको पृष्ठभूमिमा हामीले परम्परागत लगानीका नीतिहरु कायमै राखेर यो लक्ष्य हासिल गर्न सम्भव छैन भनिएको छ । 

        त्यसैगरी विश्वको अर्थतन्त्रमा आएको संकटले विदेशमा रहेका धेरै नेपालीको रोजगारी गुमेर स्वदेश फिर्ता हुने युवा र प्रत्येक वर्ष श्रम वजारमा प्रवेश गर्ने करिव ६ लाख श्रमशक्ति व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको भन्दै विज्ञप्तीमा रोजगारी श्रृजनाको केन्द्र निजी लगानी अभिवृद्धि हो भन्ने स्पष्ट दृष्टिकोणलाई हामीले केन्द्रमा राख्नुपर्छ भन्दै रोजगारी श्रृजनाले मात्रै प्रत्येक नागरिकको जीवनमा आर्थिक सुधारको महशुस गराउन सक्छ भनिएको छ ।

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६