बिजनेस

५ क्वीन्टल बढी गाजा नष्ट ,अबैध काठ सहित २ नियन्त्रणमा



कपिलवस्तु १६ बैशाख कोरोना भाईरसका कारण जारी लकडाउनका बेला कपिलवसतुको मायादेबी गाउपालिका– ७ स्थित दुई गाउमा रहेको ५ क्युन्टल बढी हरियो गाजा प्रहरीले नष्ट गरेको छ । मंगलवार दिउसो ईलाका प्रहरी कार्यालयबाट गएको टोलिले अठकोनिया र लालपुरको खेतमा लगाईएको गाजा फाडेर नष्ट गरिएको हो । अठकोनियाका साधु राधेश्याम तिवारी र ललापुरका रामअचल यादवको खेतमा रहेको हरियो गाजा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्हरी निरीक्षक गणेश सुबेदीले बताए ।

        ‘ लकडाउनकाक्रमा गसती गर्दा खेतमा गजाको बोटा देख्यो, त्यस पछि नष्ट गरेयौ ’ उनले भने । खेतमा रहेको गाजाको खेती नभई आफै उम्रेको उनले बताए । लागु पदादार्थको सुचीमा रहेको गाजाको उत्पादन, सेवन, बिक्रीबितरणमा प्रतिबन्ध छ । यता  कपिलवस्तुको बाणगंगा नगरपालिका– १० पटना स्थित मायादेवी साझेदारी वन क्षेत्रबाट मोटरसाईलमा लोड गरिहेको अवस्थामा अबैध काठ सहीत दुई जना जना पक्राउ परेका छन ।

        सव डिभिजन वन कार्यालय,पिपराको गस्ती टोलीले साल जातको ८.६१ घन .फिट गोलिया काठ र लु २१ प १८७६ नम्बरको मोटरसाईल सहीत दुई नाबालकलाई पक्राउ  गरिएको सब डिभजनका प्रमुख खिलराज तामाङले बताउनु भयो । पक्राउ परेका नाबालक १६ बर्ष मुनीका र रुपन्देहीको कंचन गाउपालिका– का रहेको उहाले बताउनु भयो । घटनाको थप अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सौडिन्ययले बताउनु भयो । 

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६