सुदूरपश्चिम

क्वारेन्टाइनमा गर्भवतीलाई कोसेली



खलङ्गा, १८ बैशाख ।  जुम्ला स्थित तिला गाउँपालिकाका उपध्यक्ष विष्णु बुढाले पालिकाभित्रका गर्भवती महिलाको घरघरमा पुगेर कोसेली वितरण गर्नुभएको छ । गाउँपालिका–९ की पम्फा बुढा नौ महिनाकी गर्भवती हुनुहुन्छ । उहाँ अहिले ज्योति मावि राँसा मालापानीको क्वारेन्टाइनमा बस्नुभएको छ । चितवनबाट भर्खर आइपुगेकाले उहाँलाइ सुरक्षितरूपमा स्वास्थ्य चौकी राँसा नजिकैको क्वारेन्टाइनमा राखिएको हो । 

नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बुढाले पोसिलो खानेकुरा उपलब्ध गराउँदा निकै खुसी हुनुभयो । उनले भनिन “गाउँमै पुगेर बच्चालाई र मलाई न्यानो कपडा पाउँदा निकै खुसी छु, अरुलाई पनि स्वास्थ्य संस्थामा पुग्न भन्छु ।” उपाध्यक्ष बुढाले ‘सुनौलो हजार दिनभित्रका महिलासंग उपाध्यक्ष’ कार्यक्रमअन्र्तगत नियमितरूपमा स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराउने महिलालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुभएको हो ।

“लकडाउनको समयमा गर्भवती महिलाले पोसिलो खानेकुरा पाउँदैनन्”, उपाध्यक्ष बुढाले भन्नुभयो, “यो समयलाई मध्यनजर गर्दै गर्भवतीलाइ कोसेली स्वरुप पोसिलो खानेकुरा उपलब्ध गराएका हौँ ।” एक जना गर्भवतीका लागि एक क्यारेट अण्डा, पाँच किलो चामल र एक लिटर तेल, बच्चालाई न्यानो कपडा र कम्बल उपलब्ध गराइएको छ । 

गाउँपालिका स्वास्थ्य सहसंयोजक जानकी हितानका अनुसार पालिकाभित्रका ५० गर्भवतीलाइ कोसेली प्रदान गरिएको छ । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीर्लाइ स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवतीलाइ कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो । (रासस)

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६