मधेश

मृत रतुवा मृगसहित दुईजना पक्राउ


१८ बैशाख २०७७, बिहिबार


सप्तरी १८ बैशाख ।  गएराति रतुवा मृग मार्ने दुईजना पक्राउ परेका छन् । महुली सवडिभिजनअन्तर्गतको वन क्षेत्रबाट मृत रतुवा मृगसहित उदयपुर त्रियुगा नगरपालिका–१ का अशोक राई र मिश्रीलाल चौधरी पक्राउ परेको डिभिजन वन कार्यालय, सप्तरीले जनाएको छ ।पक्राउ परेका आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सो कार्यालयका प्रमुख सन्तोष झाले जानकारी दिनुभयो ।अग्निसाइर कृष्णसवरण गाउँपालिकाको महुली खोला छेउमा मारिएको रतुवा मृगसहित पक्राउ परेका आरोपितलाई कानूनी कारवाही गरिने उहाँले बताउनुभयो ।मृत मृगलाई आज डिभिजन वन कार्यालय सप्तरी, महुली सवडिभिजन, जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको रोहवरमा गाडिने जनाइएको छ । यसैगरी सप्तरीको शम्भुनाथ नगरपालिका–७, भङ्गहा वन क्षेत्रबाट ११ क्यूफिट सालको काठ बरामद भएको छ । चिरान गरिएको १५ थान काठ बरामद गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित : १८ बैशाख २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे